नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा विदेशसम्बन्धी कानूनको निर्माणलाई सबल पार्न जोड

criPublished: 2023-11-28 15:25:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले विदेशसम्बन्धी कानूनको निर्माणलाई सबल पार्न दशौँपटक सामुहिक अध्ययन गरेका छन्। महासचिव सी चिनफिङले विदेशसम्बन्धी कानूनको निर्माणलाई सबल पार्न चीनले उच्चस्तरीय विदेशी खुलापनलाई अघि बढाउने बताउँदै बाहिरी चुनौतीको सामना जरूरी आवश्यकता रहेको औँल्याउनुभएको छ।

चीनको ऊहान विश्वविद्यालयका प्रोफेसर ह्वाङ ह्वी खाङले समस्याबारे जानकारी दिएर कार्य सुझाव प्रस्तुत गर्नुभएको छ। केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्यहरूले प्रोफेसर ह्वाङको जानकारी सुनेर छलफल गरेका छन्।

महासचिव सीले औँल्याउँदै कानून सामाजिक जीवन र राष्ट्रिय शासनको मापदण्ड भएको र विदेशसम्बन्धी कानून चीनको राष्ट्रिय कानून प्रणालीको महत्वपूर्ण भाग रहेकोले चीनको विदेशसम्बन्धी कानून प्रणाली र शक्तिको निर्माणलाई अघि बढाउनुपर्ने बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn