नेपाली

फिजी स्वतन्त्र भएको ५३औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश

CRIPublished: 2023-10-10 14:21:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फिजी स्वतन्त्र भएको ५३औँ वार्षिकोत्सवको अवसरमा अक्टोबर १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिजीका राष्ट्रपति विलियम काटोनिव्यरलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चीन र फिजी बीच दौत्य सम्बन्ध स्थापना भएयता आपसी सम्बन्धमा ठूलो प्रगति हासिल भएको छ साथै दुई देशका जनताको हित कल्याणमा पनि धेरै उपलब्धिहरू भएका छन्। क्षेत्रीय शान्ति तथा विकासको पनि प्रवर्द्धन भएको छ। पारस्परिक सम्बन्धको विकासमा ठूलो महत्व दिँदै राष्ट्रपति काटोनिवलेसँग मिलेर आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध दीर्घकालीन र स्थिर बन्दै जाने आशा लिएको छु।

सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले सिटिभेनि राबुकालाई पनि बधाई सन्देश पठाउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn