नेपाली

अखिल चीन ट्रेड युनियन महासंघको १८औँ राष्ट्रिय सम्मेलन पैचिङमा शुरू, सी चिनफिङ उपस्थित

CRIPublished: 2023-10-09 19:02:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अखिल चीन ट्रेड युनियन महासंघको १८औँ राष्ट्रिय सम्मेलन अक्टोबर ९ तारिख बिहान जन बृहत् सभा भवनमा शुरू भएको छ। सी चिनफिङ, चाउ लची, वाङ हुनिङ, तीङ श्युश्याङ, ली सीआदि नेताहरूले उक्त सम्मेलनमा भाग लिनुभएको छ। छाइ छीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सम्बोधन गर्नुभयो।

अखिल चीन ट्रेड युनियन महासंघका करीब २ हजार जना प्रतिनिधि र ५० जनाभन्दा बढी विशेष प्रतिनिधि उक्त सम्मेलनमा सहभागी थिए।

छाइ छीले चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनयता सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको श्रमिक वर्गले पार्टी र देशको कार्यलाई ऐतिहासिक उपलब्धि र ऐतिहासिक सुधार प्राप्तिका लागि अगाडि बढ्न महत्वपूर्ण योगदान गरेको कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn