नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र पूर्वी टिमोरका प्रधानमन्त्री सानाना बीच भेटवार्ता

criPublished: 2023-09-23 16:46:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २३ बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुसमाउसँग हाङचौमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चीन र पूर्वी टिमोरबीचको मित्रताको लामो इतिहास रहेको छ र पूर्वी तिमोरको स्वतन्त्रतालाई मान्यता दिएर आफ्नो देशसँग दौत्य सम्बन्ध स्थापना गरेको चीन पहिलो देश हो। द्विपक्षीय सम्बन्धलाई बढाउन र दुई देशका जनताको अझ बढी हित कल्याण सिर्जना गर्न पूर्वी टिमोरसँग हातेमालो गर्दै अघि बढ्न चीन इच्छुक छ।

Share this story on

Messenger Pinterest LinkedIn