नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र कुवेतका युवराज बीच भेटवार्ता

criPublished: 2023-09-22 19:26:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २२ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हाङचौमा १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन आउनुभएका कुवेतका युवराज मिशल अहमद अल जबाएर अल-सबाहसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले भन्नुभयोः हाङचौ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन आउनुभएकामा तपाईंलाई हार्दिक स्वागत छ र कुवेती खेलाडीको राम्रो उपलब्धि पाउने कामना गर्छु। चीन र कुवेतबीचको परम्परागत मित्रता गहिरो छ। कुवेत नै जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको पहिलो खाडी अरबेली देश हो र "बेल्ट एण्ड रोड" अवधारणामा चीनसँग सहयोग दस्तावेजमा हस्ताक्षर गरेको पहिलो मध्यपूर्वी देश पनि हो। कूटनीतिक सम्बन्ध स्थापना भएको ५२ वर्षमा, विशेषगरी दुई देशबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको ५ वर्षमा चीन-कुवेत सम्बन्धमा ठूलो प्रगति प्राप्त भएको छ र विभिन्न क्षेत्रमा भएका सहयोगको समृद्ध परिणाम हासिल गरिएको छ। चीन-कुवेत सम्बन्धको विकासमा निकै ठूलो महत्व दिँदै चीन-कुवेत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महामहिम युवराजसँग मिलेर काम गर्ने इच्छा लिएको छु।

Share this story on

Messenger Pinterest LinkedIn