नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नेपालका राष्ट्रपतिलाई बधाई सन्देश

CRIPublished: 2023-09-20 18:29:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २० तारिख नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउँदै नेपाली राष्ट्रिय दिवसका लागि शुभकामना ज्ञापन गर्नुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र नेपाल विकास र समृद्धितिर उन्मुख हुने युगौँ युगदेखि मैत्रीपूर्ण रहँदै आएका रणनीतिक सहयोगात्मक साझेदार हुन् भन्दै दुवै देशले सधैँ नै एकले अर्काको सम्मान गर्नुका साथै समान रूपमा व्यवहार गरी हातमा हात मिलाउँदै अघि हिँड्दै आएको कुरा बताउनुभएको छ। उहाँका अनुसार, बितेका केही वर्षयता चीन-नेपाल सम्बन्ध निरन्तर र स्वस्थ रूपमा विकसित हुनुका साथै राजनीतिक पारस्परिक विश्वास पनि सबल हुँदै आएको देखिन्छ। राष्ट्रपति पौडेलसँगै मिलेर दुवै देश सम्बन्ध र विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यलाई अघि बढाएर दुवै देशका जनताका लागि अझ बढी हित कल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn