नेपाली

चिनियाँ अपांग महासंघको आठौं राष्ट्रिय महाधिवेशन पैचिङमा सुरु

criPublished: 2023-09-18 17:24:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ अपांग महासंघको आठौं राष्ट्रिय महाधिवेशन सेप्टेम्बर १८ तारिख बिहान पैचिङको जनबृहत सभाभवनमा सुरु भएको छ। सी चिनफिङ, ली छ्याङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राज्यका नेताहरूले सो महाधिवेशनमा भाग लिनुभएको छ। सीपीसी पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट तीङ स्वेछ्याङले सम्बोधन गर्नुभयो।

तीङ स्वेछ्याङले आफ्नो सम्बोधनमा नयाँ युगको दशकमा, चीनमा अपाङ्ग महाकार्यको सशक्त विकासको नयाँ परिस्थिति सिर्जना भएको छ र "चौतर्फी रूपमा सम्पन्न समाज निर्माण गर्ने र कुनै पनि अशक्त व्यक्तिलाई पछाडि छोड्न नगर्ने लक्ष्य निर्धारित समयमा पूरा भएको बताउनुभयो। चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रियामा संयुक्त रूपमा अशक्तहरूका लागि सुखी र राम्रो जीवन सिर्जना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

करिब ८ करोड ५० लाख अपाङ्गता व्यक्तिहरूको प्रतिनिधित्व गर्दै देशभरिबाट ६०० भन्दा बढी प्रतिनिधिहरूले सम्मेलनमा भाग लिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn