नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोको सामूहिक अध्ययनको अध्यक्षता

criPublished: 2023-05-30 11:16:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले मे २९ तारिख ‘शिक्षा बलियो मुलुकको स्थापना’ विषय केन्द्रित सामूहिक अध्ययनको आयोजना गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सामूहिक अध्ययनको अध्यक्षता गर्नुहुँदै शिक्षा गुणस्तरीय भएमा मुलुक पनि बलियो हुने भन्दै शिक्षा बलियो मुलुकको स्थापना समाजवादी आधुनिकीकरण चीनको स्थापनाकालागि महत्वपूर्ण रणनीति रहेको र प्राविधिक रूपमा आफूलाई निर्भर गर्ने स्तम्भ भएको तथा सारा जनताले साझा समृद्धिलाई साकार तुल्याउने तरिका भएको बताउनुभएको छ।

चीनको छिङह्वा विश्वविद्यालयका सचिव छ्यु यौङले बलियो शिक्षा मुलुकको स्थापनाबारे जानकारी दिँदै आफ्नो कार्य सुझाव प्रस्तुत गर्नुभएको छ। केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्यहरूले प्रोफेसर छ्युको सुझावपछि वैचारिक आदानप्रदान गरेका थिए।

अन्त्यमा, राष्ट्राध्यक्ष सीले बलियो शिक्षा मुलुकको स्थापना गर्ने सारा पार्टी र सारा समाजको साझा कार्यभार भएको र उक्त लक्ष्यलाई साकार तुल्याउन प्रयास गर्न जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn