नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा टर्कीका राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकोमा एर्डोगानलाई बधाई सन्देश

criPublished: 2023-05-30 10:06:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रेसेप टाय्यिप एर्डोगानलाई बधाई सन्देश पठाउँदै उहाँलाई टर्कीका राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र टर्की यी दुबै मुलुक ठूला विकासोन्मुख मुलुक र नवोदित मुलुक भएको बताउँदै दुबै मुलुकको साझा हित रहेको तथा हालैका वर्षहरूमा चीन र टर्कीको रणनीतिक सहयोगात्मक सम्बन्धले विकास प्रवृत्तिलाई कायम राखेको र विभिन्न क्षेत्रको व्यावहारिक सहयोगले सकारात्मक प्रगति हासिल गरेको उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र टर्कीबीचको सम्बन्धको विकासमा महत्व दिनुका साथै राष्ट्रपति एर्डोगानसँग मिलेर केन्द्रीय हित र ठूलो समस्यामा एक अर्काप्रति समझदारी र समर्थन गर्ने, दुई मुलुकको रणनीतिक सहयोगत्मक सम्बन्धको स्वस्थ र स्थिर विकासलाई अगाडि बढाउने आशा लिएको पनि बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn