नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “प्यालेष्टाइनी जनताप्रति नैतिक समर्थन अन्तर्राष्ट्रिय दिवस” सम्बन्धी स्मरण सम्मेलनलाई शुभकामना सन्देश

criPublished: 2022-11-30 11:23:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २९ तारिख संयुक्त राष्ट्र संघले “प्यालेष्टाइनी जनताप्रति नैतिक समर्थन अन्तर्राष्ट्रिय दिवस” सम्बन्धी स्मरण सम्मेलनको आयोजना गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले प्यालेष्टाइन समस्या मध्य पूर्वी समस्याको केन्द्रीय विषय रहेकाले सम्पूर्ण तथा निष्पक्ष रूपमा प्यालेष्टाइन समस्याको समाधान गर्नु नै क्षेत्रीय शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय न्यायसँग सम्बन्धित रहेको औंल्याउनुभएको छ।

चीनले सधैँ नै प्यालेष्टाइनी जनताको जातीय वैधानिक हक अधिकारको पुन:स्थापना गर्ने न्यायोचित कार्यलाई दृढताका साथ समर्थन गर्नुका साथै प्यालेष्टाइन र इजरायल बीच छिटोभन्दा छिटो शान्ति वार्ताको पुन:शुरू गरी मध्य पूर्वी शान्तिपूर्ण प्रक्रियालाई सही बाटोमा ल्याउनसक्ने आशा गरेको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

आगामी दिनहरूमा चीनले निरन्तर रूपमा अन्तर्राष्ट्रिय समाजसँगै मिलेर मध्य पूर्वी क्षेत्रको स्थायी शान्ति, सामान्य सुरक्षा र साझा समृद्धिका लागि सकारात्मक योगदान गर्दै जाने पनि राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn