नेपाली

चीनका राष्टाध्यक्ष र इरानका राष्ट्रपतिबीच फोनवार्ता

CRIPublished: 2022-07-30 17:01:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्टाध्यक्ष सी चिनफिङ र इरानका राष्ट्रपति सायेद इब्राहिम राइसीले जुलाई २९ तारिख दिउँसो फोनवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, जटिल अन्तर्राष्ट्रिय परिस्थितिका सामु चीन र इरानले एक भएर द्वीपक्षीय साझा फाइदा बढाउनुका साथै व्यापक विकासोन्मुख मुलुकको उचित फाइदाको सुरक्षा गर्नुपर्छ। चीनले रणनीतिको उचाइबाट दुई देशको सम्बन्धमाथि महत्व दिँदै इरानसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा लाने इच्छा लिएको छ।

इरान र चीन दुवैले प्रभुत्ववाद, एकपक्षता, अरू देशको अन्तरिक मामिलामाथि हस्तक्षेप, एकतर्फी प्रतिबन्ध र दोहोरो मापदण्डको विरोध गरेका राष्ट्रपति राइसीले व्यक्त गर्नुभएको छ। इरानले सुदृढताका साथ एक चीनको नीति पालना गर्नुका साथै चीनलाई आफ्नो केन्द्रीय फाइदाको सुरक्षा गर्न समर्थन गरेको छ। इरानले चीनबाट प्रस्तुत विश्व विकास पहल तथा विश्व सुरक्षा पहललाई समर्थन गरी चीनसँग घनिष्ट समन्वयन गरेर अन्तर्राष्ट्रिय निष्पक्ष तथा न्यायको सुरक्षा, विकासोन्मुख मुलुकको साझा फाइदाको सुरक्षा र क्षेत्रीय तथा विश्वको शान्ति, सुरक्षा र विकासलाई घच्घच्याउने इच्छा लिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn