नेपाली

सर्वोच्च राष्ट्रिय नेता र सामान्य किसानबीचको चिट्ठी

criPublished: 2022-06-28 15:43:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एक किसानलाई चिट्ठीको जवाफ फर्काउनुभयो-“चिट्ठी पाएँ। मलाई तिम्रो सम्झना छ, तिमी आनह्वी प्रान्तीय थाइह जिल्लामा खेती गर्न सक्षम मान्छे हौ।”

चिट्ठीमा उहाँले यसरी लेख्नुभयो-“म सधैँ खाद्य उत्पादनमाथि ध्यान दिने गर्छु, र विभिन्न क्षेत्रको अनुसन्धानको क्रममा प्रायः खेतीभूमिको निरीक्षण गर्छु। चिनियाँ जनताले आफ्नो थाल कचौरा आफ्नै हातमा दृढतापूर्वक राख्न र किसानहरूलाई पैसा तथा लाभ कमाएर राम्रो र सुन्दर जीवन बिताउनका लागि केही वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अन्न उत्पादनलाई समर्थन गर्न विभिन्न नीति र उपाय तर्जुमा गरेको छ।”

वास्तवमा चीनका सर्वोच्च नेता सी चिनफिङले किसानलाई चिट्ठीको जवाफ फर्काउने कुराबाट खाद्य सुरक्षामाथि दिइएको महत्व र किसानको जीवनमा दिइएको ध्यान झल्किएको छ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn