नेपाली

२५औँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

criPublished: 2022-06-18 17:15:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन १७ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २५ औँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको पूर्ण बैठकमा सहभागी हुनुभई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र कजाकका राष्ट्रपति कस्सिम-जोमार्ट तोकायेभले पनि भाग लिनुभयो।

आफ्नो सम्बोधनमा सी चिनफिङले औंल्याउनुभयोः हाल विश्वमा सय वर्षमा देखा नपरेको परिवर्तन र महामारी भइरहेको पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको दिगो विकास एजेन्डा २०३० को कार्यान्वयन क्रममा अभूतपूर्व चुनौतीहरू देखा परिरहेको छ। यस्तो परिस्थितिको सामना गर्न सी चिनपिङले चार बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयोः

पहिलो, विकासका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्छ। "विश्वमा वास्तविक बहुपक्षवादको अभ्यास गर्दै विश्वमा सन्तुलित, समन्वित र समावेशी विकासको प्रवर्द्धन गर्नुपर्छ।"

दोस्रो, विकास साझेदारीलाई बढाउनु। विकासको अन्तरलाई हटाउन उत्तर–दक्षिण सहयोग र दक्षिण–दक्षिण सहयोगलाई सबल पार्नुपर्छ।

तेस्रो, आर्थिक विश्वव्यापीकरण प्रक्रियालाई अघि बढाउनु पर्छ।

चौथो, नविनतामा महत्व दिँदै प्राप्त उपलब्धिलाई साझेदारीसँग बाँड्नुपर्छ।

सी चिनफिङले भन्नुभयोः ठूलो लचिलोपन, पर्याप्त निहित शक्ति र दीर्घकालीन राम्रो दिशातिर जाने चीनको अर्थतन्त्रका आधारभूत पक्षहरूको परिवर्तन नभएकाले चीनको आर्थिक विकासप्रति चीन पूर्ण विश्वस्त छ। चीन विश्वव्यापी विकास सहयोगलाई गहन पार्न र मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको प्रवर्द्धन गर्नको लागि नयाँ योगदान दिने इच्छामा छ।"

Share this story on

Messenger Pinterest LinkedIn