नेपाली

सी चिनफिङको “चिया खाएर कुराकानी गर्ने कूटनीति”

criPublished: 2022-05-19 14:30:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्राचीन कालदेखि नै चीनको चिया रेशमी मार्गमार्फत यूरोपसम्म पुर्याइएको थियो साथै विश्वभरि फैलिएको थियो। रेशम, चिनियाँ माटोजस्तै चियालाई पनि शान्ति, मित्रता र सहकार्य जोड्ने डोरी मानिन्छ। कूटनीतिक भेटका अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विदेशी नेताहरूसँग चिया खाएर कुराकानी गर्नुभएको छ।

सन् २०२० मे २१ तारिख प्रथम “अन्तर्राष्ट्रिय चिया दिवस” को अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले“अन्तर्राष्ट्रिय चिया दिवस”कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्र संघले “अन्तर्राष्ट्रिय चिया दिवस”निश्चित गरेको कुराबाट अन्तर्राष्ट्रिय समाजले चियालाई मान्यता र महत्व दिएको प्रतिबिम्बित भएको पनि उल्लेख गर्नुभएको थियो।

सन् २०१८ अप्रिल २८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनको हुपै प्रान्तीय वुहान शहरमा भेटवार्ता गर्नुभएको थियो। उहाँहरूले सोही दिन हुपै प्रान्तका दुई किसिमको चिया चाख्नुभएको थियो। सो अवसरमा सीले हुपै प्रान्त र भारतबीच चिया सहकार्यबारे चर्चा गर्नुभएको थियो।

सन् २०१८ फेब्रुअरी १ तारिख राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनले पैचिङस्थित त्याउ यु थाइ राज्य अतिथिगृहमा चीनको भ्रमणमा रहनुभएका तत्कालीन बेलायती प्रधानमन्त्री थेरेसा मे र श्रीमान फिलिप मेसँग चिया पिउँदै कुराकानी गर्नुभएको थियो।

सन् २०१७ जनवरी १२ तारिख भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सचिव गुयेन फुट्रोङले चीनको भ्रमण गर्नुभएको थियो। सी चिनफिङ र गुयेन फुट्रोङले चीन र भियतनामको चिया संस्कृतिबारे कुराकानी गर्नुका साथै दुई पार्टी र दुई मुलुकको सम्बन्धको भविष्यबारे छलफल गर्नुभएको थियो।

सन् २०१६ सेप्टेम्बर ३ तारिख जी २० हाङचौ शिखर सम्मेलन अगाडि राष्ट्राध्यक्ष सी चिनफिङ र तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाङचौ शहरमा भेटवार्ता गर्नुभएको थियो। हाङचौको सी हु क्षेत्रमा उत्पादन हुने चिया चीन र विदेशमा निकै प्रसिद्ध र लोकप्रिय छ। भेटवार्ताको क्रममा उहाँहरूले सी हु तालको छेउमा चिया पिउनुका साथै घुमघाम गर्नुभएको थियो।

सन् २०१७ नोभेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनले चीन भ्रमणमा आउनुभएका तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जोडीसँग पैचिङस्थित कु कुङ अर्थात् दरबार सङ्ग्रहालयमा चिया पिउँदै कुराकानी गर्नुभएको थियो।

महत्वपूर्ण कूटनीतिक भेटको अवसरमा चिया एउटा माध्यम बनेको छ। चीनका सर्वोच्च नेता सी चिनफिङ चिया संस्कृतिको प्रचार-प्रसारका दूत बन्नुभएको छ।

नेपालमा पनि चिया उत्पादन गरिन्छ। चिया नेपालीको दैनिक जीवनमा नभइ नहुने चीज हो। नेपालमा कति थरिका चिया उत्पादन गरिन्छ? मलाई बताउनुहोस्।

Share this story on

Messenger Pinterest LinkedIn