नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ चिनियाँ संस्कृतिका प्रथम प्रवक्ता कसरी बन्नुभएको छ

criPublished: 2022-05-17 16:12:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हरेक वर्षको मे १८ तारिख अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो। सङ्ग्रहालय संस्कृतिको सङ्ग्रह, प्रदर्शन र निरन्तरताको महत्वपूर्ण माध्यम हो। चीनका सर्वोच्च नेता तथा राष्ट्राध्यक्ष सी चिनफिङले सांस्कृतिक अवशेष कार्य र सांस्कृतिक निरन्तरतामा महत्व दिने गर्नुभएको छ। उहाँले धेरै पटक सङ्ग्रहालयहरूको अवलोकन पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङको गहिरो ऐतिहासिक दृष्टिकोण, गहिरो ऐतिहासिक ज्ञान, गहिरो ऐतिहासिक विचार छ।

सन् २०१४ फेब्रुअरीमा सी चिनफिङले राजधानी सङ्ग्रहालयमा पैचिङ इतिहासको प्रदर्शनी अवलोकन गर्नुभएको थियो। उहाँले सांस्कृतिक अवशेषमार्फत ऐतिहासिक ज्ञानलाई आममानिसहरूलाई सुनाउन जोड दिनुभएको छ।

सन् २०१५ फेब्रुअरीमा राष्ट्राध्यक्ष सीले सीआन सङ्ग्रहायको अवलोकन गर्दै एउटा सङ्ग्रहालय विश्वविद्यालयजस्तै भएको बताउनुभएको थियो।

सन् २०१७ अप्रिलमा सी चिनफिङले क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको थियो। उहाँले हफु नामक हान वंशीय सांस्कृतिक सङ्ग्रहालयमा समुद्री रेशम मार्गको सांस्कृतिक अवशेष प्रदर्शनीको अवलोकन गर्नुभएको थियो।

चीन र अन्य देशका सभ्यताबीच आपसी सहिष्णुता, सिकाइ र सञ्चारको प्रवर्द्धन गर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

सन् २०१४ नोभेम्बर १३ तारिखमा राष्ट्राध्यक्ष सी र मेक्सिकोका राष्ट्रपतिले राष्ट्रिय सङ्ग्रहालयमा आयोजित "माया: सौन्दर्यको भाषा" शीर्षक सांस्कृतिक प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनुभएको थियो। सी चिनफिङ र उहाँकी श्रीमती फङ लियुआनले मेक्सिकोका राष्ट्रपति दम्पति सँगसँगै प्रदर्शनीको अवलोकन गर्नुभएको थियो।

विदेश भ्रमण क्रममा पनि राष्ट्राध्यक्ष सी चिनफिङले स्थानीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। सन् २०१३ सेप्टेम्बरमा उज्बेकिस्तानको भ्रमणमा राष्ट्राध्यक्ष सीले थ्यमुर पारिवारिक इतिहास सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो।

सन् २०१५ अक्टोबरमा राष्ट्राध्यक्ष सीले इङ्गल्याण्ड फुटबल सङ्ग्रहालयको भ्रमण गर्नुभएको थियो।

सन् २०१९ नोभेम्बरमा राष्ट्राध्यक्ष सी र उहाँकी श्रीमतीले ग्रीक राष्ट्रपति दम्पतिको साथमा एक्रोपोलिस सङ्ग्रहालयको अवलोकन गर्नुभएको थियो।

नेपाल र चीन दुवै उत्कृष्ट संस्कृति भएका देशहरू हुन्। नेपालमा पनि धेरै सङ्ग्रहालयहरु छन्। प्रसिद्ध दरबारबाहेक, अरु के कस्ता सङ्ग्रहालयहरू छन्? टिप्पणीमा लेख्नुहोस्।

Share this story on

Messenger Pinterest LinkedIn