केही समयअघि कोलम्बिया व्यापार प्रबर्द्धन संघ-प्रो कोलम्बिया र कोलम्बिया कफी उत्पादक संघद्बारा आयोजित कोलम्बिया कफी टेस्टिङ समारोह पैचिङ्गमा आयोजना भएको थियो। समारोहमा दश भन्दा बढी प्रकारका कोलम्बियाली कफीले मीठो बास्नाका कारण चिनियाँ तथा विदेशी पाहुनालाई आकर्षित गरेको छ।
आगामी पाँच वर्षमा चीनले पर्यटनको विकास गरेर गरिबी घटाउने अर्थात् गरिबीको रेखामुनी रहेकामध्येको एक करोड बीस लाख जनसँख्यालाई गरीबमुक्त गर्ने योजना बनाएको छ। आजको कार्यक्रममा म यस विषयबारे चर्चा गर्छु।
सन् 2011मा बेलायती महिला यात्री सारा ओर्टेनले लण्डनबाट प्रस्थान गरेर एक्लैले कैनोइंग, साइकलिङ्ग र जहाजद्वारा विश्वव्यापी यात्रा गर्ने योजना गर्नुभयो। चार वर्षपछि उहाँले आफ्नो योजनालाई सफल बनाएर पुन लण्डन फर्कनु भयो यानि कि यो असामान्य यात्रा पूरा गर्नुभयो।
पोआउ एशियाली मञ्चमा सहभागी हुनका लागि नेपालका राष्ट्रपति रामवरण यादवले 26 तारिखदेखि चीनको भ्रमण गर्नुभएको थियो। चिनियाँ हाइनान प्रान्तीय सान या शहरमा उहाँले नान शान पहाडस्थित बुद्धमण्डपको निरिक्षण गर्नुभएको छ। यो बुद्धमण्डप के हो? आजको कार्यक्रममा हामी राष्ट्रपति ज्यूसँगसँगै बुद्धमण्डपको यात्रा गरौं।
पोआउ बस्ती चिनियाँ हाइ नान प्रान्तीय छ्युङ्ग हाइ शहरमा पर्दछ। यो बस्तीको क्षेत्रफल 31 वर्गकिलोमिटर रहेको छ। त्यो पोआउ एशियाली मञ्चको स्थायी आयोजना स्थल पनि हो। त्यहाँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएका हुनाले चीनको प्रसिद्ध पर्यटकीय क्षेत्रमध्ये एक बनेको छ।
हाल चीनको राजनीतिमा सबैभन्दा महत्वपूर्ण मानिएका दुईवटा राष्ट्रिय अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जन कंग्रेस र चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन जारी रहेका छन्। हरेक वर्ष दुईवटा राष्ट्रिय अधिवेशन पैचिङ्गस्थित जन वृहत सभा भवनमा आयोजित हुने चलन छ। यो भवन चीनमा निकै प्रसिद्ध छ।
“बौद्धिक पर्यटन” भनेको दूर सञ्चार र इन्टर्नेट प्रविधि र प्रबन्धमार्फत् पर्यटन सेवा, पर्यटन व्यवस्थापन, पर्यटन बिक्री, पर्यटन अनुभवकोलाई साकार तुल्याउनु हो। हाल “बौद्धिक पर्यटन”को अवधारणा चीनका विभिन्न शहर र दर्शनीय स्थलको निर्माणमा व्यापक रुपमा फैलिएको छ।
सपनाको खोजीमा हिंड्ने बाटोमा कुनै हिच्किचाहट होस् वा यथार्थ गतिविधि होस्? यस प्रश्नको जवाफ दिँदै 31 वर्षका फोटोग्राफर ल्यु यान चले कुनै शंका छैन भन्दै यसको निर्क्योल भविष्यमा गर्नेछन्। यात्रा र फोटोग्राफीलाई मिलाएर मन भावनालाई आफ्नो फोटो रचनामा राख्नु नै यान चको सपना हो। यस सपनामा केही स्वप्निल कारकतत्व रहेता पनि यान चले आफ्नो गतिविधिद्बारा यस सपनालाई वास्तविक तथा रङ्गीचङ्गी बनाउँदै आएका छन्।
थाइवान टापूको अवस्थितिले शीतोष्ण र उष्ण कटिबन्धलाई नाघेको हुँदा त्यो उष्ण र उप-उष्ण कटिबन्धमा पर्दछ। त्यसको चारैतिर समुद्रले घेरिएको हुँदा समुद्री मनसुनी हावाले गर्दा बाह्रैमास मौसम निकै आनन्ददायी खालको छ। त्यहाँ हिउँद याममा कठाङ्ग्रिने चिसो पनि हुँदैन र गर्मी याममा टन्टलापुर घामले पोल्ने दिन पनि हुँदैन।
हाल बोस्टनको एउटा जाँचबुझ कम्पनी अर्थात् बीसीजी तथा सारा विश्वको सबैभन्दा ठूलो पर्यटन वेभसाइटले संयुक्त रुपमा "सन् 2013 चिनियाँ यात्रुहरूद्बारा गरिएको यात्रा सर्भेक्षण प्रतिवेदन"जारी गरेका छन्। त्यस प्रतिवेदनमा सन् 2013 मा चिनियाँ यात्रुहरूको पर्यटन अवस्थामा देखा परेका विभिन्न प्रकारका परिवर्तनहरूबारे ब्याख्या गरिएको छ।