नेपाली

तिब्बत मामिला चीनको आन्तरिक मामिला होः चीनको परराष्ट्र मन्त्रालय

CRIPublished: 2024-06-18 19:02:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले जुन १८ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

अमेरिकी काँग्रेसको सम्बन्धित विधेयकबारे चर्चा गर्दै लिन चेनले तिब्बत प्राचीन कालदेखि नै चीनको एक भाग रहेको र तिब्बत मामिला चीनको आन्तरिक मामिला भएकाले कुनै पनि बाहिरी शक्तिले यसमा हस्तक्षेप गर्न निषेध गरेको कुरा बताउनुभयो। साथै लिन चेनले हाल तिब्बतको सामाजिक स्थिति शान्त र मेलमिलापयुक्त भएको, अर्थतन्त्र राम्रोसँग संचालन भएको, सर्वसाधारणको जीवन प्रत्याभूति गरिएको र तिब्बतले उच्च गुण्स्तरीय विकासको नयाँ स्थिति निरन्तर रुपमा खडा गरेको कुरा बताउनुभयो।

लिन चेनले चीनले अमेरिकासँग “तिब्बतलाई चीनको एक भागको रुपमा मान्यता दिने र तिब्बतको स्वतन्त्रताको समर्थन नदिने” प्रतिवद्धताको अक्षरशःपालना गर्न र उक्त विधेयकमा हस्ताक्षर नगर्न आव्हान गरेको बताउँदै चीनले सशक्त कदम चाल्ने, आफ्नो सर्वभौमकिता, सुरक्षा र विकास हितको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn