नेपाली

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्षलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

CRIPublished: 2023-08-07 15:40:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मित्र राष्ट्र चीनको स्वायत्त प्रदेश तिब्बत भ्रमणमा रहनु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गर्नु भएको छ। गत शुक्रबार साँझ तिब्बतको राजधानी ल्हासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गर्नु भएको रातोपाटी अनलाइनले लेखेको छ। अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको सांस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र विकासको बारेमा स्मरण गराउनु भएको थियो।

सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको धारणा राख्नु भएको थियो।

नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा आफ्नो दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत स्वायत्त प्रदेश र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफू भरतपुर आउने बताउँदै तिब्बती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn