नेपाली

राष्ट्रियसभाका अध्यक्षद्वारा तिब्बतको विकासको प्रशसा

CRIPublished: 2023-06-21 11:01:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण सकेपछि नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीएमजी नेपाली सेवालाई सङ्क्षिप्त अन्तर्वार्ता दिनु भएको छ। अन्तर्वार्ताका क्रममा उहाँले २३ वर्ष अगाडिको तिब्बत र अहिलेको तिब्बतको तुलनै हुन नसक्ने बताउनुभयो।

अध्यक्षज्यूको यो दोस्रो भ्रमण हो। २३ वर्ष अगाडि यहाँले तिब्बत भ्रमण गर्नु भएको थियो। त्यतिबेलाको तिब्बत र यसपटकको तिब्बतमा केकस्तो परिवर्तन पाउनुभयो?

मैले आजभन्दा २३ वर्ष अगाडि तिब्बतको भ्रमण गरेको थिएँ। त्यतिबेला ल्हासाभन्दा बाहिर धेरै हामी गएनौँ। ल्हासा वरिपरीकै क्षेत्रमा हामीले भ्रमण गरेका थियौँ। २३ वर्ष अगाडि र आजको ल्हासा धेरै फरक छ। त्यो स्वाभाविक पनि हो। ल्हासाको कुरा गर्दा २३ वर्ष अगाडि मैले देखेका सरचनाहरुमा आमूल परिवर्तन भएको छ। अर्थात् पुराना कुराहरु जस्ताको जस्तै भेटिँदैन। यहाँका पहाडहरु जस्ताका तस्तै छन् तर यहाँ अहिले हरियाली छाएको छ। बाटाहरु चौडा भएका छन्। अग्ला अग्ला घरहरु बनेका छन्। यी सबै कुराहरु अत्यन्तै आधुनिक विकासको पथमा ल्हासा सहर अगाडि बढेको पाएँ। पोतला दरवार पहिले गाडी जाने बाटो थिएन। अहिले माथिसम्मै गाडी जाँदोरहेछ। यस कारणले २३ वर्ष अगाडि र अहिले तुलनै हुन सक्दैन। यसपटक हामी मानसरोवर पनि गयौँ। मानसरोबर जाँदा विमानमा गएकाले बीचमा विमानबाट धेरै देखिने कुरा भएन। जब हामी विमानबाट झर्यौँ त्यहाँको विकास देख्यौँ। त्यहाँ पनि धेरै विकास भएको रहेछ। सडक घर लगायत सबै पूर्वाधारको विकाससँगै हरियाली बनाउने क्रम रहेछ। कृतिम हिसाबले वनजङ्गल रोप्दै बिरुवा हुर्काउँदै गरेको देख्दाखेरी मलाई अत्यन्तै खुशी लाग्यो। मानसरोबर र कैलास पर्वत जस्ता धार्मिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण तिब्बतका ती गहना हुन्। वास्तवमा ती तिब्बतका लागि मात्र होइन विश्वकै लागि उपहारहरु हुन्। त्यसकारण त्यो ठाउँमा जाँदा बढी आनन्द लाग्यो। धेरै गर्व र खुशी महसुस भयो। त्यसका साथै हामी त्यो क्षेत्रका अरु गाउँहरुमा पनि गयौँ। ती गाउँ भनेपनि नेपालका हिसाबले ती सहरभन्दा कम छैनन्। पूर्वाधारको राम्रो व्यवस्था छ। सरसफाइ राम्रो छ। मानिसहरुमा हाँसो र खुशी देखिन्छ। यसैले २३ वर्ष अगाडिको तिब्बत र यतिबेलाको तिब्बतमा तुलना गर्ने कुनै सिमाना नै छैन।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn