#अल्पसंख्यक जाति# हिमाली हुलाक मार्गको सुखका दूत
बाटोमा छेमि डोर्जीले जन्मथलोको ठूलो परिवर्तन पनि अनुभव गर्नुभएको छ। सन् २०१७ सेप्टेम्बरदेखि छ्योअरशान सुरूङ सञ्चालन भएको छ। सोहि दिन छेमि डोर्जीको हुलाक गाडी सुरूङ पास गर्ने पहिलो गाडी हो। पहिले खतराजन्य पहाडी क्षेत्रमा २ घण्टा भन्दा बढी समय लाग्ने ठाउँमा हाल सुरूङबाट १० मिनेटमा पार गर्नसकिन्छ।
“पहिला मैले चलाउने हुलाक गाडी ४ टनको गाडी थियो। प्रत्येक दिन एकपटक मात्रै हुन्थ्यो साथै पूर्ण पनि थिएन। हाल प्रत्येक दिन ४ वटा १२ टनको हुलाक गाडी छन् साथै सबै पूर्ण छन्।” छेमि डोर्जीले चर्चा गर्नुभयो। हुलाक बाटोमा लाग्ने समय कम हुनुकासाथै स्थानीय विकासको बाटो व्यापक बनेको छ। पहिले अधिकाँश न्यूजपैपर र चिट्ठी पहाडमा पठाउन र त्यहाँबाट बाहिर पठाउन ज्यादै कम थियो। हाल पठाउने सामान बढ्नुका साथै पहाडी क्षेत्रबाट बाहिर पठाउने उत्पादन पनि बढेको छ। छेमि डोर्जीहरूको हुलाक गाडीले स्थानीय विशेषतायुक्त उत्पादनलाई पहाडबाट बाहिर पठाएर तिब्बती सर्वसाधारणलाई धनी बनाउने पुल बनेका छन्।