नेपाली

तिब्बतको समुद्र सतहदेखि अति उचाइका किसान तथा पशुपालक स्वास्थ्य संरक्षण केन्द्र प्रयोगमा

criPublished: 2021-01-04 18:38:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको तिब्बतको शान नान शहरको लाङ खा च जिल्लाको भुमाच्याङथाङ बस्ती समुद्री सतहदेखि तिब्बतको सबैभन्दा अग्लो प्रशासनिक गाउँ हो। समद्री सतहदेखि त्यहाँको उचाई ५३७३ मिटरमा छ। त्यहाँको प्राकृतिक वातावरण निकै कमजोर छ। चालू वर्ष नव वर्षको उपलक्ष्यमा भुमाच्याङथाङ बस्तीका छ वटा प्रशासनिक गाउँ र ता लुङ बस्तीको थ्वै वान गाउँ गरी सात वटा गाँउको पहिलो किसान तथा पशुपालकको स्वास्थ्य सुरक्षा केन्द्र संचालनमा आएको छ। ३२ जना किसान तथा पशुपालक समुद्री सतहदेखि ३६०० मिटरको स्वास्थ्य संरक्षण केन्द्रमा बसेका छन्।

भुमाच्याङथाङ बस्तीका छ वटा प्रशासनिक गाउँ र ता लुङ बस्तीको थ्वै वान गाउँका किसान तथा पशुपालकले स्वास्थ्य केन्द्रमा बस्न स्वयं निवेदन दिन सक्छन्। स्वास्थ्य संरक्षण केन्द्रले बस्नका लागि निःशूल्क सेवा उपलब्ध गराउँछ। किसान तथा पशुपालकले प्रतिदिन दश चिनियाँ युआनको खाना शूल्क मात्रै तिर्छन्। उक्त केन्द्रले तीन जना कर्मचारी र चिकित्सकलाई दैनिक जीवन र चिकित्सा जिम्मा लिन पठाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn