नेपाली

चिनियाँ तिब्बती भ्रमण दल बेल्जियममा

CRIPublished: 2016-10-19 16:51:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको तिब्बती सँस्कृति भ्रमण दलले अक्टोबर सत्र र अठार तारिख युरोपेली संघको मुख्यालय रहेको ब्रसेल्सको भ्रमण गरेको छ। सो अवसरमा तिब्बती दलले युरोपेली संघका विद्वान तथा अधिकारीहरुलाई तिब्बती साँस्कृतिक विकास तथा तिब्बतको विकास स्थितिलगायत विषयबारे जानकारी दिनुका साथै बेल्जियमका सर्वसाधारणसँग आदान-प्रदान पनि गरेको छ।

भ्रमण दलका प्रमुख एवम् चीनको तिब्बत शास्त्र अध्ययन केन्द्रको इतिहास अध्ययन विभागका प्रमुख चाङ युनले युरोप तथा एशिया अध्ययन केन्द्रमा आयोजित गोष्ठीमा तिब्बती परम्परागत सँस्कृतिको सुरक्षा तथा विकासको विषयमा केन्द्रित रहेर सम्बोधन गर्नुभयो। उहाँले वर्तमान चीनमा तिब्बती सँस्कृतिक विकास अवस्थाबारे जानकारी दिनुभयो। हाल चीनमा तिब्बत शास्त्र अध्ययन चर्चित विषय बनेको छ र हजारौँ व्यवसायिक व्यक्तिहरु सो शास्त्र अध्ययनरत् रहेको जानकारी गराउनुभयो।

युरोप तथा एशिया अध्ययन केन्द्रका अध्यक्ष एक्सेल गोथाल्सले तिब्बती विशेषतायुक्त सँस्कृति र धर्ममाथि प्रशंसा गर्दै सो विशेषता नै विश्वले तिब्बत बुझ्ने झ्याल बनेको उल्लेख गर्नुभयो। उहाँको विचारमा वर्तमान तिब्बती सँस्कृति र तिब्बती बौद्ध धर्मको समक्ष नयाँ मौका र चुनौती पनि देखा परेका छन्।

यसबाहेक अठार तारिख भ्रमण दलले युरोपेली संसद गएर धेरै युरोपेली सांसदसँग तिब्बतको विकास र परिस्थितिबारे छलफल गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn