नेपाली

तोन ह्वाङ एकेडेमीद्वारा चौध वर्षसम्म तिब्बतमा आठ हजार आठ सय वर्ग मिटरको भित्ते चित्रको पुनःनिर्माण

CRIPublished: 2016-08-17 18:12:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको तोन ह्वाङ एकेडेमीका अनुसार, सन् 2001देखिको चौध वर्षसम्म एकेडेमीले पोताला दरबार, साक्या गुम्बा, नोर्बुलिङ्का लगायत तिब्बतका तीनवटा मुख्य साँस्कृतिक अवशेषको भित्ते चित्र पुनःनिर्माण गरेको छ। आलिको गुगे भग्नावशेष र शिगाचेको शालु गुम्बाको भित्ते चित्रको पुनःनिर्माण कार्यक्रम जोडेर हालसम्म एकेडेमीले तिब्बतमा बिग्रिएका विभिन्न किसिमका भित्ते चित्रको पुनःनिर्माण गर्दा त्यसको क्षेत्रफल आठ हजार आठ सय वर्ग मिटर भन्दा बढी पुगेको छ भने भित्ते चित्रको मौलिकतालाई पनि अधिकतम ढंगले कायम राखेको छ।

थाहा भएअनुसार, यसै क्रममा भित्ते चित्र पुनःनिर्माण गर्ने प्रविधि पनि विकास भएको छ। यसबाहेक गुगे भग्नावेशषका विभिन्न हलमा राखिएका वातावरण निगरानीले हाल 11 हजार 2 सय 56 घण्टासम्म काम गरेको छ भने गुगे भग्नावशेषको भित्ते चित्रको संरक्षण वातावरणको अध्ययन गर्न वैज्ञानिक आधार दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn