नेपाली

तिब्बतका उपाध्यक्ष लिउ नेतृत्वको प्रतिनिधि मण्डल नेपाल जाने

CRIPublished: 2016-07-09 14:28:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको स्वाशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लिउ जियाङ नेतृत्वमा सुरक्षा अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा गएको छ।

तीनदिने नेपाल बसाइमा प्रतिनिधिमण्डलले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रमुख र गृहसचिव नारायणगोपाल मलेगोसँग भेट्ने तय भएको अन्नपूर्णलाई उधृत गर्दै नेपाल खबर अनलाइनले जनाएको छ। लिउ तिब्बतको पब्लिक सेक्युरिटी डिपार्टमेन्टका प्रमुख समेत हुनुहुन्छ।

नेपाल–चीन सीमाबाट हुँदै आएको तिब्बतीको गैरकानुनी प्रवेश,काठमाडौं उपत्यकालगायत चीनसँग सीमा जोडिएका जिल्लामा पश्चिमी मुलुकले चीन विरोधी गतिविधिमा सक्रिय दलाईका समर्थकलाई भौतिक र राजनीतिक सहयोग गरिरहेको भन्ने बारेमा पनि चासो राख्न सक्ने नेपाली कूटनीतिक स्रोतले बताएको छ।

गत वर्षको विनाशकारी भूकम्पपछि राहत तथा पुनर्निर्माणका नाममा अमेरिका र पश्चिमी मुलुकहरुले चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा, गोर्खा लगायतका जिल्लामा 'चीन विरोधी'हरुलाई सघाइरहेको चिनियाँ बुझाई रहेको स्रोतले जनायो। गृह मन्त्रालयका प्रवक्ता यादव कोइरलाका अनुसार चिनियाँ प्रतिमण्डल र नेपाली पक्षबीच सशस्त्र प्रहरी एकेडेमी निर्माण र सीमा अपराध नियन्त्रणलगायतका विषयमा छलफल हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn