नेपाली

अझ बढी स्वदेशी तथा विदेशीले तिब्बतको भ्रमण गर्ने तिब्बती उच्च अधिकारीको अपेक्षा

CRIPublished: 2016-07-08 18:26:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"चीनको तिब्बत विकास मञ्च,2016"सात तारिख तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बती समितिका सचिव छन छ्वान क्वोले यस मञ्चको उद्घाटन समारोहलाई संवोधन गर्दै यस मञ्चमा भाग लिएका विभिन्न अतिथिहरुले तिब्बतको विकासका लागि सकारात्मक सुझाव प्रस्तुत गर्नुका साथै एक वास्तविक,खुल्ला तथा समावेशी,एकताबद्ध तथा मेलमिलापयुक्त,समृद्ध तथा सुन्दर समाजवादी नयाँ तिब्बतलाई विश्वसमक्ष जानकारी दिनसक्ने आशा व्यक्त गर्नुभएको छ।

चीन, अमेरिका, बेलायत, रुस, स्पेन आदि तीसभन्दा बढी मुलुक तथा क्षेत्रबाट आएका 130 भन्दा बढी विशेषज्ञ तथा विद्वानले हिजो ल्हासामा "तिब्बत विकासको नयाँ चरण: नविनता, समन्वय, हरित, खुल्ला, संयुक्त उपभोग"भन्ने मुख्य विषयमा व्यापक आदानप्रदान गरेका छन्।

ल्हासाका शहरी पार्टी कमिटिका सचिव चि जा लाले यस उद्घाटन समारोहमा जानकारी दिनुभएअनुसार ल्हासाले शक्तिशाली रुपमा तिब्बतको उत्कृष्ट साँस्कृतिक प्रचलन विस्तार गर्दै संरक्षणमा विस्तार र नवीनता विकासको अवधारणालाई कायम राख्दै गएको छ। हाल पुरै शहरमा जम्मा 292 वटा विभिन्न स्तरका पूरातात्विक बस्तु संरक्षण विभाग र 76 वटा गैरभौतिक पुर्ख्यौली सम्पदा योजना रहेका छन्। यहाँका ऐतिहासिक संस्कृति उचित संरक्षण तथा शक्तिशाली विस्तार गर्ने गरी राखिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn