नेपाली

छिङ हाइ-तिब्बत रेलमार्गबाट तिब्बती हरिणको स्थानान्तरणमा असर नपर्ने

CRIPublished: 2016-07-06 15:42:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छिङ हाइ-तिब्बत रेलमार्ग कम्पनीको योजना तथा तथ्याङ्क विभागका प्रमुख याङ हाइ च्याङले जानकारी दिनुभएअनुसार, जंगली जनावर च्यानलको प्रयोग दर सन् 2004 को 56.6 प्रतिशतदेखि बढेर हालको सय प्रतिशतसम्म पुगेको छ। छिङ हाइ-तिब्बत रेलमार्ग वरिपरि जंगली जनावर स्थानान्तरण अनुगमन सूचकाङ्कले देखाएअनुसार छिङ हाइ-तिब्बत रेलमार्ग पूर्ण रुपमा संचालन भएयता तिब्बती हरिण लगायत दुर्लभ वन्यजन्तुको स्थानान्तरणको नियममाथि कुनै नकारात्मक प्रभाव परेको छैन।

थाहा भएअनुसार, छिङ हाइ-तिब्बत रेलमार्गले तिब्बती हरिणलगायत जंगल जनावरको बसोबास क्षेत्रलाई छुट्याएबाट पर्यवरणीय प्रणालीमा पार्ने प्रभावलाई अधिकतम रुपमा घटाउनका लागि जंगली जनावरको जीवन प्रणालीका आधारमा छिङ हाइ-तिब्बत रेलमार्गको गोल्मुड-ल्हासा भागमा तेँतीस वटा अन्ठाउन्न किलोमिटरका जंगली जनावर च्यानल स्थापना गरिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn