नेपाली

तिब्बती तिङ्गछिङ्ग जिल्लामा गएको भूकम्पबाट 60 जना घाइते

CRIPublished: 2016-05-12 18:19:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत प्रदेशले दिएको जानकारीअनुसार, तिब्बती छाङ्ग तु शहरीय तिङ्गछिङ्ग जिल्लामा 11 तारिख विहान 5.5 रेक्टर स्केलको भूकम्प गएको छ। प्रारम्भिक तथ्याँकका अनुसार, जसबाट केही भवन, पुल तथा मार्ग ध्वस्त हुनुका साथै करिब 60 जना घाइते भएका छन्।

यो भूकम्पको केन्द्र तिङ्गछिङ्ग जिल्लाको का था बस्तिमा पर्दछ। का था बस्तिको पशुपालन क्षेत्र र पशुपालकको बसोबास तितरबितर हुनुका साथै यातायात असुविधा भएका हुनाले प्रकोपको अवस्था पनि जाँचबुझ गरिरहेको स्थानीय अधिकारीले जनाएका छन्।

भूकम्प गएपछि छाङ्ग तु शहरले तुरुन्तै उद्धार कार्य थालेको छ। पाल, लत्ताकपडा, खाद्यान्न, पेय र औषधीलगायत सामग्री पनि तयार गरिसकेको छ।

Share this story on

Messenger Pinterest LinkedIn