नेपाली

जलवायु तापमान बढ्दै गएकोले तिब्बतमा तापक्रमको वृद्धि स्पष्ट देखिँदै

CRIPublished: 2015-12-23 18:38:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशको मौसम व्यूरोले तेइस तारिख सन् 2015को शरद ऋतु अर्थात् सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिको मौसमको विश्लेषण सार्वजनिक गरेको छ। उक्त विश्लेषणको नतिजा वमोजिम, सेप्टेम्बरमा ल्हासामा इतिहासकै सबैभन्दा बढी तापमान यसै अवधिको सबैभन्दा माथि पुगेको छ। सन् 1981देखि यता, तिब्बतमा शरद ऋतुमा औसत तापक्रम हरेक दश वर्षमा माथि गएर 0.37डिग्री बढ्दै आएको जनाइएको छ।

तिब्बत स्वायत्त प्रदेशीय मौसम केन्द्रका प्रमुख तु च्युले जानकारी दिए अनुसार, छिङ्गहाई-तिब्बत पठारभूमि जलवायु परिवर्तनको सबैभन्दा संवेदनशील तथा कमजोर क्षेत्र हो। विश्वभरि जलवायु तापमान बढ्दै गएको पृष्ठभूमिमा कमजोर क्षेत्रहरुमध्ये सबैभन्दा विशिष्ट क्षेत्र भएकोले तिब्बतमा तापक्रम माथि गएको अवस्था विश्वका अन्य क्षेत्रभन्दा अझ स्पष्ट भएको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn