नेपाली

तिब्बती महिलाद्वारा देवी पर्व मनाए

CRIPublished: 2015-11-27 18:52:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

25 तारिख तिब्बती पात्रोअनुसार, दशौं महिनाको पन्ध्रौं दिन हो। त्यस दिन तिब्बतमा वार्षिक देवी पर्व हो। तिब्बती महिलाहरुले खादा र जौ रक्सी चढाएर देवीको पूजा र प्राथना गर्दै देवीसँग आफ्नो सुरक्षा, सौभाग्य र सुखका लागि कामना गरेका छन्।

तिब्बती भाषामा यो देवी पर्वलाई पाइलारेच्वी भनिन्छ। सोहि दिन तिब्बती महिलाहरुले जोखाङ मन्दिरमा सेतो रामको पूजा-आजा गर्ने चलन छ। मन्दिरमा धर्मवालम्बीहरुले पाइल्हामुको मुर्तिलाई खादा प्रदान गर्नुका साथै आफ्नो जौ रक्सी मन्दिरमा राखिएको ठूलो रक्सीभाँडामा चढाएर त्यसैबाट रक्सी प्रसादको रुपमा ल्याउने चलन छ। जसबाट देवीको आशीर्वाद पाउनसक्ने जनविश्वास छ।

Share this story on

Messenger Pinterest LinkedIn