नेपाली

समुद्री सतहबाट सबैभन्दा अग्लो उचाइको सुरुङ मार्ग सञ्चालनमा

CRIPublished: 2015-11-24 18:09:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वको समुद्री सतहदेखि सबैभन्दा अग्लो उचाइमा रहेको अर्थात् औसत उचाइ 4499.98मिटर रहेको छाङ्ग ला शान सुरुङ हिजो 23 तारिखबाट औपचारिक रुपमा सञ्चालनमा आएसँगै राजमार्गको विस्तार भएको छ।

कूल 2400मिटर लम्बाइको छाङ्ग ला शान सुरुङ छिङ्ग हाई प्रान्तको यु शु तिब्बती स्वायत्त प्रिफेक्चरको चा त्वो जिल्लामा पर्दछ। यो सञ्चालनमा आएबाट कूल लम्बाइ 159.8 किलोमिटरको छिङ्गहाई प्रान्तीय राजमार्गअन्तर्गत 309 राजमार्गको त्वो ला मा ख र चा त्वो राजमार्ग पूर्ण रुपमा जोडेका छन्।

यु शु भूकम्पपछि पुनःनिर्माण परियोजनाको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको त्वो ला मा खबाट चा त्वोसम्मको राजमार्गको निर्माण यु शु क्षेत्रमा हुनसक्ने सम्भावित प्रकोपको प्रतिरोध गर्न तथा क्षेत्रीय सँसाधनको विकास र पर्यटन आदि क्षेत्रका लागि महत्वपूर्ण अर्थ रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn