नेपाली

"विश्व बौद्ध शास्त्र प्रतिष्ठान"लाब्राङ्ग गुम्बाको जीर्णोद्धार

CRIPublished: 2015-11-14 18:16:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"विश्व बौद्ध शास्त्र प्रतिष्ठान"नामले पनि परिचित लाब्राङ्ग गुम्बामा रहेको दुई हजार छ सय वर्गमिटर लामो छिङ्ग राजवंशको भित्ते चित्र हाल जीर्णोद्धार गरिरहेको छ। लाब्राङ्ग पूरातात्विक बस्तु संरक्षण परियोजना निर्देशक टोलिका सदस्य स्वो नान ज्याले जानकारी दिनुभएअनुसार लामो समययता लाब्राङ्ग गुम्बाको अधिकाँश भित्ते चित्र केही परिमाणमा बिग्रेको छ। पूरातात्विक बस्तुको संरक्षण गर्नका लागि यस वर्षको अप्रिलमा सो जीर्णोद्धार परियोजना सुरु भएको हो।

लाब्राङ्ग गुम्बा चीनको उत्तर-पश्चिमी कान सु प्रान्तको कान नान तिब्बती स्वायत्त प्रिफेक्चरमा अवस्थित छ। त्यो गुम्बा चीनको तिब्बती बौद्ध धर्म मातहतको गेलुग सम्प्रदायको एक महत्वपूर्ण गुम्बा हो । गुम्बामा छ वटा बौद्ध शास्त्र प्रतिष्ठान हुनुका साथै हालसम्म तिब्बती बौद्ध धर्मको पूर्ण शिक्षा प्रणालीलाई संरक्षित गरिएकाले त्यस गुम्बालाई गेलुग सम्प्रदायको सर्वोच्च बौद्ध शास्त्र प्रतिष्ठानमध्येको एक मानिन्छ। साथै त्यस गुम्बामा रहेका वास्तुकला, धार्मिक समारोह, बौद्ध धर्मको कला र तिब्बती शास्त्र आदि भएकाले त्यो स्थानीय तिब्बती जातिको सांस्कृतिक र कला केन्द्र पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn