नेपाली

तिब्बती इतिहासको चौतर्फी परिचयको पहिलो पुस्तक सार्वजनिक

CRIPublished: 2015-10-30 18:38:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

《तिब्बती सामान्य इतिहास》तीस तारिख पैचिङ्गको चीन तिब्बती शास्त्र अनुसन्धान केन्द्रमा सार्वजनिक भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी विद्यालय,पैचिङ्ग विश्वविद्यालय, छिङ्गह्वा विश्वविद्यालय, चिनियाँ जनविश्वविद्यालय, चिनियाँ सामाजिक तथा वैज्ञानिक प्रतिष्ठान, चिनियाँ विज्ञान प्रतिष्ठान आदि सम्बन्धित संस्थाहरुबाट आएका 80 भन्दा बढी विशेषज्ञहरुले संयुक्त अनुसन्धान गरेर सो《तिब्बती सामान्य इतिहास》भन्ने पुस्तक लेखेका हुन्।

थाहा भएअनुसार 《तिब्बती सामान्य इतिहास》चीनमा तिब्बती स्थानीय इतिहासको सम्पूर्ण तथा चौतर्फी जानकारी दिइएको पहिलो पुस्तक हो जसबाट चीनको तिब्बती इतिहास सम्बन्धी अनुसन्धान उपलब्धि केन्द्रीय रुपमा अभिव्यक्त भएको छ।

चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका भूतपूर्व महाप्रबन्धक एवम 《तिब्बती सामान्य इतिहास》का प्रधान सम्पादक ला पा पिङ्ग छ्वोले जानकारी दिनुभएअनुसार यस पुस्तकले पर्याप्त ऐतिहासिक प्रमाणले धेरै ऐतिहासिक समस्यालाई स्पष्ट पार्दै शक्तिशाली रुपमा पश्चिमा चीन विरोधी शक्ति र 14औं दलाई लामा समूहद्बारा तिब्बती इतिहासप्रति गरिएका अपव्याख्याको खण्डन गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn