नेपाली

तिब्बतको आर्थिक वृद्धिमा गुणस्तरीयता पनि बढ्दो

CRIPublished: 2015-10-27 18:36:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वमा सबैभन्दा ऊंचाई पठारभूमिमा रहेको तिब्बत स्वायत्त प्रदेशको आधारभूत अर्थतन्त्र कम्जोर छ। तापनि बाह्रौं पञ्च वर्षिय अवधिमा केन्द्रीय समितिको चासो तथा सम्पूर्ण देशको समर्थन र सरकारी समन्वय तथा बजारमूलक प्रणालीको सुव्यवस्थापनको संयुक्त प्रवर्द्धनमा तिब्बतको आधारभूत प्रबन्धको निर्माण र व्यवसायको विकास सँगसँगै बढ्दै आएको देखिन्छ। तिब्बतले अभूतपूर्व तीव्र गतिमा सारा देशको विकासको गतिलाई पछ्याइरहेको छ।

तिब्बतसँग प्रचुर प्राकृतिक तथा मानव जातीय संसाधन छ। पर्यटन, तिब्बती चिकित्सा तथा औषधी, उत्खनन, हरित खाद्य आदि व्यवसायसँग विशाल व्यापारिक अवसर रहेको छ। तापनि सुस्त आधारभूत प्रबन्ध विशेष गरी यातायातको सिमितताबाट त्यहाँको अर्थतन्त्रको विकास गतिलाई प्रभावित पारेको थियो। केही वर्षयता विशेष गरी बाहौं पञ्च वर्षिय अवधिमा केन्द्रीय समिति तथा विभिन्न प्रान्त तथा शहरको ठूलो समर्थनमा छिङ्गहाई-तिब्बत सञ्जाल, ल्हासा-सिगात्से रेलमार्ग, तिब्बती काष्ठ बिजुली स्टेशन आदि श्रृंखलाबद्ध महत्वपूर्ण आधारभूत प्रबन्ध निर्माण परियोजना लगातार रुपमा सञ्चालनमा आएको देखिन्छ। वर्तमान तिब्बतको सामाजिक तथा आर्थिक विकास तिब्र गतिमा बढिरहेको छ। यसका अतिरिक्त पठारभूति विशेषतायुक्त कृषि तथा पशुपालन,पर्यटन,स्वच्छ ऊर्जास्रोत,तिब्बती औषधी आदि व्यवसायको बृद्धिबाट तिब्बतको क्षेत्रीय अर्थतन्त्रको समन्वित विकास र आर्थिक प्रतिस्पर्धालाई प्रवर्द्धन गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn