नेपाली

तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौं वार्षिकोसत्वको तयारी पूरा

CRIPublished: 2015-09-05 18:33:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौं वार्षिकोत्सव सम्बन्धी तयारीबारे पत्रकार सम्मेलनबाट थाहा भएअनुसार हाल सबै सम्बन्धित कार्यक्रमहरुको पूर्ण तयारी भएको छ भने केन्द्रीय सरकारको प्रतिनिधि मण्डलले तिब्बतमा यी श्रृँखलाबद्ध कार्यक्रममा भाग लिनुका साथै तिब्बतका विभिन्न जातिका सर्वसाधारणलाई उपहार प्रदान गर्ने तय भएको छ।

यस वर्ष तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौं वार्षिकोत्सव हो। चिनियाँ पार्टीको केन्द्रीय समितिप्रति सारा तिब्बतका विभिन्न जातिका जनताको हार्दिक भावना र तिब्बत स्वायत्त प्रदेश स्थापना भएदेखि यता चिनियाँ पार्टीको नेतृत्वमा तिब्बतका विभिन्न जातियहरुले गरेको क्रान्ति, निर्माण र सुधारमा भएको उल्लेखनीय उपलब्धि जानकारी दिनका लागि केन्द्रीय सरकारको स्वीकृतिमा तिब्बत स्वायत्त प्रदेश स्थापनाको पचासौं वार्षिकोत्सवका समारोहहरु आयोजना गरिने छन्। सम्बन्धित तयारी कार्य गत वर्षको डिसेम्बरदेखि सुरु भएको हो।

थाहा भएअनुसार केन्द्रीय सरकारको प्रतिनिधि मण्डलले तिब्बतमा पचासौं वार्षिकोत्सव समारोह, जुलुस प्रदर्शनी, पचास वर्षका उपलब्धि प्रदर्शनी, पचासौं वार्षिकोत्सव रात्री समारोह "चिनियाँ सपना: हिमपातको रमाइलो संगीत'', ला लिन उच्चस्तरीय राजमार्ग सञ्चालन आदि कार्यक्रममा समेटिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn