नेपाली

तिब्बती नाटकद्बारा रङ्गीचङ्गी शटन पर्वको झल्को

CRIPublished: 2015-08-17 18:44:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस अगष्ट 14 देखि 20तारिखसम्म तिब्बतको वार्षक शटन पर्व परेको छ। पर्वको अवसरमा ल्हासा शहरमा पर्ने रोपलीनखा पार्क र लुङ्ग वाङ्ग थाआन पार्कमा प्रदर्शन गरिएको तिब्बती नाटकले समस्त तिब्बती सर्वसाधारण र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। सबै जनताले भूइँमा बसेर संयुक्त रुपमा रमाइलो तिब्बती नाटकको अवलोकन गरेका छन्।

ल्हासा शहर सांस्कृतिक व्युरोका कर्मचारी ल्वो साङ्गले जानकारी दिनुभएअनुसार शटनको दही भोज भन्ने भावार्थ रहेको छ। त्यसैले यसलाई "दही पर्व" पनि भनिन्छ। तिब्बती नाटकको अवलोकन, दही खानु आदि मनोरञ्जनात्मक कार्यक्रम तिब्बती जनताको वार्षिक महत्वपूर्ण कुरा हुन्। यस शटन पर्वको अवधिमा ल्हासा, शान नान आदि क्षेत्रबाट आएका सात तिब्बती नाटक प्रदर्शन समूहका जम्मा दुई सयभन्दा बढी तिब्बती नाटक अभिनेताहरुले रोपलीनखा पार्क र लुङ्ग वाङ्ग थाआन पार्कमा सर्वसाधारणका लागि लगातार सात दिने प्रदर्शनी गर्ने छन्।

Share this story on

Messenger Pinterest LinkedIn