नेपाली

तिब्बतको ल्हासाले औसत चिकित्सा अनुदान मापदण्डलाई पुनः माथि उकास्ने

CRIPublished: 2015-05-27 18:43:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशको ल्हासा चिकित्सा व्युरोबाट थाहा भएअनुसार ल्हासा शहरले यस वर्ष कृषि तथा पशुपालन क्षेत्रको चिकित्सा प्रणालीमध्ये सरकारी औसत प्रतिव्यक्तिको अनुदानलाई माथि उकास्ने छ भने सन्2014को भन्दा औसत प्रतिव्यक्ति 380 देखि 420 चिनियाँ युआनसम्म बढाउने भएको छ।

सन्1993मा तिब्बत स्वायत्त प्रदेश सरकारले सार्वजनिक गरेको "तिब्बत निःशुल्क चिकित्सा अन्तरिम व्यवस्थापन नियमावली"मा पहिलो पटक कृषि तथा पशुपालन क्षेत्रमा हुने निःशुल्क चिकित्सा शुल्क मुख्य गरी केन्द्रिय सरकार र स्थानीय वित्तीय आयोगबाट आएको थियो। तत्कालीन औसत प्रतिव्यक्ति अनुदान 5.5 चिनियाँ युआन थियो। यस अनुदान खर्चको सुव्यवस्थापन सन्1993 देखि 22वर्ष यता बाहौँ पटक हो।

हाल चिकित्त्सा प्रणालीले तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन क्षेत्रमा सम्पूर्ण रुपमा ढाकेको छ। सो प्रणालीमा भाग लिने कृषक तथा पशुपालकले मात्रै बीस चिनियाँ युआन भुक्तानी गरी हरेक वर्ष सबैभन्दा उच्च साठी हजार चिनियाँ युआनको चिकित्सा बिमा खर्च पाउन सक्दछन्।

Share this story on

Messenger Pinterest LinkedIn