नेपाली

चीनको तिब्बती संस्कृति आदान-प्रदान प्रतिनिधिमण्डल अस्ट्रियामा

CRIPublished: 2015-05-23 18:58:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको तिब्बती सँस्कृति आदान-प्रदान प्रतिनिधिमण्डल गत मे एकाइस तारिखदेखि चौब्बीस तारिखसम्म अस्ट्रियाको भ्रमणमा रहेको छ। सो अवसरमा प्रतिनिधिमण्डलले विभिन्न कार्यक्रममा भाग लिएर चीन सरकारको जातीय नीति, जातीय तथा क्षेत्रीय स्वायत्त प्रणाली, तिब्बती सामाजिक तथा सांस्कृतिक विकासको अवस्थाबारे जानकारी दिनुका साथै ओस्ट्रियाका विभिन्न क्षेत्रका व्यक्तिसँग विचार आदान-प्रदान गरेको छ।

गत बाइस तारिख विहान भियना विश्वविद्यालयको कन्फ्युसियस कलेजमा आयोजित बैठकमा प्रतिनिधिमण्डलका प्रमुख एवं चीनको सामाजिक विज्ञान प्रतिष्ठानका सहायक प्रमुख हाउ श युआनले तिब्बतमा लोकतान्त्रिक सुधार र जातीय क्षेत्रीय स्वशासित प्रणालीको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिनुहुँदै तिब्बती समाजमा आएको सुधारबारे प्रकाश पार्नुभयो।

हाउ श युआनका अनुसार, चीन र पश्चिमी समाजसँगको सांस्कृतिक आदान-प्रदान बढ्दै गएको हुँदा धेरै पश्चिमीहरुले तिब्बतबारे बुझ्ने इच्छा लिएका र विशेष गरी चीन सरकारको जातीय नीति, तिब्बती लोकतान्त्रिक अधिकार विकासको अवस्था र पर्यावरणमा चासो देखाएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn