छाङ तु क्षेत्रको "चोक नृत्य"बाट सँस्कृतिको "गतिशील संरक्षण"-1
हरेक बेलुका ठ्याकै आठ बजे तिब्बतको छाङ तु क्षेत्रको मुक्ति चोकमा मीठो गीत घन्कन्छ। गीत बज्न थालेपछि स्थानीयहरु विभिन्न क्षेत्रबाट चोकमा भेला हुन्छन्। अनि चोकमा सबैले खुशीका साथ स्थानीय परम्परागत नाचगान सुरु गर्छन्। फराकिलो चोकमा भेला भएर सबैले भाग लिनसक्ने कार्यक्रम भएकाले छाङ तु क्वो च्वाङ, माङ खाङ स्येन च, तिङ छिङ रबा यी छाङ तु क्षेत्रका तीनटा राष्ट्रिय स्तरीय अमूर्त संस्कृति सम्पदालाई "गतिशील संरक्षण" बनाइएको छ।
हरेक बेलुका आठ बजे, तिब्बतको छाङ तु क्षेत्रको मुक्ति चोकमा मीठो गीत बजाइन्छ। सयौँ सर्वसाधारणहरु शहरका विभिन्न क्षेत्रबाट चोकमा भेला भएर सँगसँगै खुशीका साथ नाचगान गर्छन्। तोछ एक जना सेवा निवृत्त व्यक्ति हुनुहुन्छ। 58 वर्षको उमेर पुगेका तोछले हरेक बेलुका परिवारका अरु सदस्यसँग मुक्ति चोकमा गएर नाच्नुहुन्छ। यस्तो समूह नृत्यका रुपमा रहेको "चोकनृत्य"बाट उहाँलाई धेरै स्वस्थ्यलाभ भएको छ। उहाँ भन्नुहुन्छ
पहिला यो चोक थिएन, अब निर्माण भएर खुला भयो, पुरुष-महिला, बृद्धवृद्धा सबैजना भेला भएर यहाँ नाच्छन्। यसो गर्दा सबैलाई रमाइलो लाग्छ। म प्रायः आउँछु। पहिला धेरै मोटो थिएँ, अब डुब्लो भएँ अनि धेरै स्वस्थ पनि भएँ। अझै धेरै स्थानीय व्यक्तिहरु यहाँ आएर नाच्ने मेरो आशा छ। साथै बच्चाले पनि आएर तिब्बती परम्परागत क्वो च्वाङ, स्येन च, रबा यी तीनटा मुख्य नाचलाई "चोकनृत्य"मार्फत विकास गर्ने पनि मेरो आशा छ।
यदि तपाईँले यस्तो "चोक नृत्य"मा बुढा-बुढीले मात्र भाग लिने विचार लिएमा गलत हुनेछ। 23 वर्षे छरनचोगा सहरी क्षेत्रमा कामदार हुनुहुन्छ। दिनमा भारी कार्य गरे पनि हरेक बेलुका आठ बजे उहाँ पनि मुक्ति चोकमा पुगेर सबैसँग नाच्नुहुन्छ।