नेपाली

परम्परागत तिब्बती चिकित्साको उत्तराधिकारीको संरक्षण र विकास

CRIPublished: 2015-03-28 16:29:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बती चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा प्रणाली, पुरानो भारतीय चिकित्सा प्रणाली र पुरानो अरबी चिकित्सा प्रणाली विश्वका 4 वटा सबभन्दा पुराना र परम्परागत चिकित्सा प्रणाली हुन्। नीमा चिरनले अगाडि भन्नुहुन्छ-

"तिब्बती चिकित्सा शास्त्र विद्यालयको स्थापना, मुख्य विषयको स्थापना र प्रतिभाशाली व्यक्ति माथि ल्याउन लागायतका धेरै क्षेत्रमा हाम्रो राष्ट्रले विशेष नीति बनाउनुका साथै तिब्बत स्वायत्त प्रदेश सरकारले पनि उच्च रुपमा महत्व दिएको छ। विद्यालयको आधारभूत स्थापना, परियोजनाको लगानी र अध्ययनको विकास लगायगका धेरै पक्षमा पनि यसले सहयोग र समर्थन दिँदै आएको छ।"

तिब्बतका तिब्बती विद्यालयहरु तिब्बत स्वायत्त प्रदेशमा तिब्बती चिकित्सा संस्कृतिको संरक्षण गर्ने उदाहरण हुन्। सन् 2006 मा तिब्बती चिकित्सालाई चिनियाँ राष्ट्रिय प्रथम गैरभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सूचिमा राखिएको छ। केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेश सरकारले श्रृखंलाबद्ध संरक्षण र उत्तराधिकारी निर्माण गर्ने कदम चालेपछि निरन्तर रुपमा तिब्बती चिकित्साको विकास गर्न समर्थन दिइरहेको छ। तिब्बती चिकित्सा, शिक्षा, अध्ययम र व्यवसाय आदि क्षेत्रमा ठूलो प्रगति हासिल गरेको छ। तथ्याङ्क अनुसार सन् 2013 सम्म तिब्बतको सारा क्षेत्रमा सरकारी तिब्बती चिकित्सा संस्थाको संख्या 30 वटा छन्। तिब्बती चिकित्सा शास्त्र पढ्ने विद्यार्थीहरुको संख्या 2 हजार 2 सय 32 जना छन्। तिब्बती चिकित्सा द्रुत गतिले विकास हुँदै अझै बढी रोगीहरुलाई यसले सेवा प्रदान गरिरहेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn