नेपाली

तिब्बतमा सिमसार क्षेत्र संरक्षण प्रणाली क्रमशः स्थापित

CRIPublished: 2014-05-30 16:51:36
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशको दोस्रो सिमसार क्षेत्र ऊर्जास्रोत सर्वेक्षणबाट थाहा भएअनुसार हाल तिब्बतमा विभिन्न किसिमका सिमसार क्षेत्रको कूल क्षेत्रफल पैंसट्ठी लाख उनन्तीस हजार हेक्टर पुगेको छ भने पहिलो सिमसार क्षेत्र ऊर्जास्रोत सर्भेक्षणको भन्दा पाँच लाख चौबीस हजार दुई सय हेक्टरले वृद्धि भएको छ। सिमसार क्षेत्रबाट स्पष्ट पर्यावरणीय तथा आर्थिक मूल्य उठेको देखिन्छ।

हाल प्रकृति संरक्षण क्षेत्रमा आधारित भई राष्ट्रिय सिमसार क्षेत्र पार्क,अन्तर्राष्ट्रिय महत्वपूर्ण सिमसार क्षेत्र र राष्ट्रिय महत्वपूर्ण सिमसार क्षेत्र आदि बहु किसिमको तिब्बत सिमसार क्षेत्र संरक्षण प्रणाली क्रमशः स्थापित हुँदै गएको छ। आगामी दिनहरुमा तिब्बतले राष्ट्रिय पर्यावरणीय सुरक्षा प्रणालीको निर्माण र असल पर्यावरणीय वातावरणको प्रत्याभूति भन्ने उद्देश्यलाई कायम राख्दै जानेछ।

Share this story on

Messenger Pinterest LinkedIn