नेपाली

नेपाली भूमिमा कुनै पनि किसिमका चीन विरोधी गतिविधि गर्न नदिइने ल्हासाका लागि नेपाली महावाणिज्य राजदूताबासको भनाइ

CRIPublished: 2014-05-29 16:47:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ल्हासाका लागि नेपाली महावाणिज्य दूत हरिप्रसाद बस्यालले नेपालले दृढताका साथ एक चीन नीतिलाई कायम राख्दै नेपाली भूमिमा कुनै पनि किसिमका चीन विरोधी गतिविधि गर्न नदिइने अडान व्यक्त गर्नुभएको छ।

ल्हासाका लागि नेपाली महावाणिज्य दूताबासमा हिजो आयोजित सातौं नेपाली राष्ट्रिय दिवस स्वागत समारोहमा वाणिज्यदूत बस्यालले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार तिब्बत स्वायत्त प्रदेशको स्थिरता तथा विकास, चीन-नेपालबीचको सिमा क्षेत्रको शान्ति दुबै मुलुकको साझा हित अनुकूल छ। नेपालले खास तथा प्रभावकारी रुपमा चीनसँगको सिमा क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्न प्रयास गर्दै जाने बताउँदै उहाँले दुबै मुलुकले आपसी सहयोगको विकास गर्नका लागि नयाँ बाटो खुल्दै जाने आशा पनि व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn