नेपाली

चिनियाँ तिब्बतीशास्त्री आयरल्याण्डको भ्रमणमा

CRIPublished: 2014-05-21 18:46:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ तिब्बतीशास्त्रका प्रतिनिधिमण्डलले यही मे महिनाको गत अठार तारिखदेखि बीस तारिखसम्म आयरल्याण्डको भ्रमण गरेको छ। स्थानीय विश्वविद्यालयमा आयोजित मञ्चमा उपस्थित र विशेषज्ञ, विद्वान तथा सांसद आदिसँग वार्ता गरी चिनायाँ तिब्बतीशास्त्रीले स्थानीयहरुलाई केही वर्षयता चीनको तिब्बत स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकासको उपलब्धिबारे जानकारी दिनुभयो।

प्रतिनिधिमण्डलका प्रमुख एवं तिब्बत स्वायत्त प्रदेशीय जनराजनीतिक परामर्शदात्री सम्मेलनअन्तर्गत अर्थतन्त्र, जनसंख्या, स्रोत र वातावरण समितिका अध्यक्ष सो लाङ दो चीले डुबलिन विश्वविद्यालयमा आयोजित दोस्रो तिब्बत मञ्चमा केही वर्षयता तिब्बत स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकास राम्रो हुनुका साथै जीवनस्तर धेरै उकासिएको बताउनुभयो। उहाँका अनुसार, गत वर्ष तिब्बतको आर्थिक बृद्धि दर 12.1 प्रतिशत पुगेको छ भने बृद्धि दरको दृष्टिकोणबाट चीनको तेस्रो स्थानमा रहेको छ। सन् 1994 यता तिब्बतको आर्थिक बृद्धि दर लगातर एकाइस वर्षसम्म दोहोरो अङ्कमा वृद्धि हुँदै आएको छ। तिब्बत अझै विश्वको सबभन्दा राम्रो वातावरण रहेको क्षेत्रहरुमध्येको एक रहेको पनि उहाँले जानकारी दिनुभयो।

आयरल्याण्ड विश्वविद्यालयका विद्यार्थी डिक्लान म्याक ग्राथले त्यही मञ्चमार्फत तिब्बतसम्बन्धी आफ्नो बुझाइ गहन भएको व्यक्त गर्नु भएको थिए। उहाँले केही वर्षयता तिब्बतको आर्थिक विकासबारे आफूलाई अचम्म लागेको भन्दै चीन सरकारले तिब्बती संस्कृति, भाषा, चिकित्साको संरक्षण गर्न ठूलो लगानी गरेकोमा उच्च प्रशंसा गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn