पाठ दश
वर्षाः "दैनिक जीवनको चिनियाँ भाषा" नियमित कार्यक्रममा तपाईंहरु सबैलाई स्वागत, म वर्षाका तर्फबाट।
कमलः नमस्कार, म कमल लम्सालको पनि।
वर्षाः अघिल्लो पाठमा हामीले आफ्नो भावना अभिव्यक्त गर्ने शब्द अनि वाक्यहरु सिकेका थियौं। आजको कार्यक्रममा हामी सर्वप्रथम, यस्ता केही सहयोगी वाक्यहरु पुनः एक पटक सिकौं।
कमलः हवस। चन म ल? चन म ल?
वर्षाः वो तु च् थंग।
कमलः थिंग ताउ च क हन यी हान। पु को, यान ट्रुग मा?
वर्षाः हाई हाउ। से से नि त क्वान सिन। व हन ख्वाई च्यौ ह्वै हाउ त। त्वै ल, नि पे चाई सि यान ल।
कमलः वो ट् ताउ शी यान यौ हाई चेन खांग। तान वो हन श्यांग च्या।
वर्षाः ख लेन त च्या हो। पु क्वान चन मो शो, फंग यौ मन पु यौंग थाई तान सिन था। मिंग थेन था च्यौ ह्वै हाउ से त।
कमलः अब हामी अघिल्लो पाठमा सिकाइएका पूरै वार्तालाप पुनः एक पटक सुनौं है त।
महिलाः चन म ल।
पुरुशः वो तु च् थंग।
महिलाः नि पे चाई सि यान ल।
पुरुषः व ट् ताउ यौ हाई चेन खांग।
महिलाः नि चाई श्वे श्याउ हाई हाव मा?
पुरुषः वो हन स्यांग च्या।
वर्षाः यतिन्जेल हामीले अघिल्लो पाठमा सिकेका कुराहरु पुनः एक पटक सुन्यौं। अब आज सिक्ने विषयतिर लागौं। आजको मुख्य वाक्य छः 'तपाईं कति बजे कार्यालय आउनुहुन्छ?कति बजे फर्कनुहुन्छ?तपाईंले यहाँ काम गर्नथालेको कति भयो?
कमलः मैले हरेक दिन कति बजे कार्यालय पुग्नुपर्छ भन्ने प्रश्न मेरा चिनियाँ साथीहरु मलाई सोध्नेगर्छन। वास्तवमा, नियमानुसार म हरेक दिन विहान नौ बजेदेखि अपरान्ह पाँच बजेसम्म कार्यालयमा काम गर्छु। साथीहरुले कार्यालयमा काम गर्ने विषयबारे सोध्दा कसरी जवाफ दिने? मेरो प्रश्न भनेको चिनियाँ भाषामा "तपाईं हरेक दिन कति बजे कार्यालय पुग्नुपर्छ, अर्थात काम गर्न शुरु गर्नुहुन्छ" भनेर भन्नुपर्दा कसरी भन्ने?
वर्षाः तपाईंले "नि मै थेन चि तेन शांग पान" भन्नुपर्छ।
वर्षाः "नि" भनेको तपाईं वा तिमी। यो शब्द हामीले धेरै पटक सिकिसकेका छौं।
वर्षाः "मै थेन" भनेको हरेक दिन हो।
वर्षाः "चि" भनेको कति।
कमलः चि।
वर्षाः "तेन" भनेको बजे।
कमलः तेन।
वर्षाः त्यसैले "चि तेन" को अर्थ कति बजे भयो।
वर्षाः "शांग पान" भनेको काम गर्न जाने।
कमलः नि मै थेन चि तेन शांग पान?अनि तपाईं हरेक दिन कति बजे कार्यालयबाट घर फर्कनुहुन्छ भन्ने वाक्यलाई चिनियाँमा कसरी भन्ने?
वर्षाः राम्रो प्रश्न सोध्नुभयो, तपाईंले। त्यसलाई 'नि मै थेन चि तेन शाँग पान' भन्नुपर्छ।
कमलः नि मै थेन चि तेन शाँग पान।
वर्षाः ठीक छ। स्या पान भनेको कार्यालयबाट फर्कनु हो।
वर्षाः अब हामी आजको पहिलो वार्तालाप सुनौं ल।
वर्षाः हस्त। यो थियो, आजको पहिलो वार्तालाप। अब हामी यी वाक्य पुनः एक पटक सिकौं। नि मै थेन चि तेन शांग पान?
कमलः नि मै थेन चि तेन शांग पान।
वर्षाः नि, तपाईं।
वर्षाः मै थेन, हरेक दिन।
कमलः मै थेन।
वर्षाः चि तेन, कति बजे।
कमलः चि तेन।
वर्षाः "शांग पान" भनेको कार्यालयमा काम गर्नजाने।
कमलः शांग पान।
वर्षाः तपाईं हरेक दिन कति बजेदेखि कार्यालयमा काम गर्न शुरु गर्नुहुन्छ? नि मै थेन चि तेन शांग पान?
कमलः नि मै थेन चि तेन शांग पान?
वर्षाः कार्यालयबाट फर्कनुलाई चिनियाँ भाषामा शाँग पान भनिन्छ।
कमलः शाँग पान।
वर्षाः तपाईं हरेक दिन कति बजे कार्यालयबाट फर्कनुहुन्छ?नि मै थेन चि तेन शाँग पान?
कमलः नि मै थेन चि तेन शाँग पान?
वर्षाः अब तपाईंहरु यो वार्तालाप पुनः एक पटक सुन्नुहोस्।
वार्तालाप एक
पुरुषः नि मै थेन चि तेन शाँग पान?
कमलः ल ठीक छ। यी वाक्य हामीले पुनः एक पटक सुन्यौं। अब नयाँ कुरा, अरुसँग कुराकानी गर्दा हामी "तपाईंले यस अघि के-के काम गरिसक्नुभएको छ।" भनेर सोध्नेगर्छौं। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?
वर्षाः तपाईंले यसका लागि "नि यि छेन चो को शन मो कुंग चो" भन्नुपर्छ।
कमलः नि यि छेन चो को शन मो कुंग चो।
वर्षाः "नि" तपाईं वा तिमी।
वर्षाः "यि छेन" भनेको पहिले।
कमलः यि छेन
वर्षाः "को" को अर्थ भइसकेको भन्ने हो।
कमलः को।
वर्षाः "चो" भनेको गर्नु।
कमलः चो। त्यसैले "चो को" भनेको गरिसक्नुभएको भन्ने हो।
वर्षाः ठीक छ। चो को, गरिसक्नुभएको।
वर्षाः "शन मो" भनेको के।
कमलः शन मो।
वर्षाः "कुंग चो" भनेको चिनियाँ भाषामा "काम" हो।
वर्षाः तपाईंले पहिले के-के काम गर्नुभएको थियो?नि यि छेन चो को शन मो कुंग चो?
कमलः नि यि छेन चो को शन मो कुंग चो?
पुरुषः नि यि छेन चो को शन मो कुंग चो?तपाईंले पहिले के काम गर्नुभएको थियो?
महिलाः वो यि छेन श चि ट्र। नि न?पहिले म पत्रकार थिएँ। तपाईं नि?
पुरुषः वो यि छेन श यि शंग। पहिले म डाक्टर थिएँ।
कमलः वो यि छेन श चि ट्र। यो वाक्य भनेको के हो?
वर्षाः त्यो भनेको, पहिले म पत्रकार थिएँ। मेरो विचारमा, यस वाक्यलाई अझ विस्तृतरुपमा ब्याख्या गर्नु आवश्यक छ।
कमलः हुन्छ। "नि" भनेको तपाईं वा तिमी। यो शब्द मैले सिकिसकेँ।
वर्षाः ठीक छ। "यि छेन" भनेको पहिले।
कमलः यि छेन।
वर्षाः "चो को" भनेको गरेको।
कमलः चो को।
वर्षाः "शन म" भनेको के।
कमलः शन म।
कमलः कुंग चो।
वर्षाः नि यि छेन चो को शन मो कुंग चो?
कमलः नि यि छेन चो को शन मो कुंग चो?यसलाई अझ राम्ररी याद गर्नका लागि यो दोस्रो वार्तालाप पुनः एक पटक सुन्न मलाई मन लाग्यो।
वर्षाः ठीक छ, सुनौं।
वार्तालाप दुइ
महिलाः व यि छेन श चि च। नि न?
पुरुषः वो यि छेन श यि शंग।
कमलः माथि भनिएको आजको दोस्रो वार्तालाप हो। तपाईंले यहाँ काम गरेको कति भयो भनेर भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्ने?
वर्षाः यसो गर्नोस् न। अब हामी तेस्रो वार्तालाप सुनौं। तपाईं बुझ्न सक्नुहुन्छ कि, हेरौं।
वर्षाः हवस त। तपाईंले यहाँ काम गर्नुभएको कति भयो भन्ने वाक्यलाई चिनियाँ भाषामा 'नि चाई ट्र लि कुंग चो तो ठ्राङ श् चेन ल' भनिन्छ।
कमलः नि चाई च लि कुंग चो तो छांग श चेन ल?
वर्षाः "नि" भनेको तपाईं वा तिमी।
कमलः नि।
वर्षाः "चाई" भनेको रहनु वा हुनु।
कमलः चाई।
वर्षाः "ट्र" लि भनेको यहाँ।
कमलः ट्र लि।
वर्षाः "कुंग चो" भनेको काम।
कमलः चुंग चो।
वर्षाः "तुओ" को अर्थ बढी वा धेरै हो। यस वाक्यमा "तुओ"को अर्थ कति हुन्छ।
कमलः तुओ।
वर्षाः "ठ्राङ" भनेको लामो।
कमलः ठ्राङ।
वर्षाः "तुओ ठ्राग"को अर्थ कति लामो भन्ने हो।
कमलः तुओ ठ्राङ।
वर्षाः "श् चेन" भनेको समय।
कमलः श् चेन।
वर्षाः "ल" एउटा सहयोगी शब्द मात्र हो। त्यसको कुनै अर्थ छैन।
कमलः ल।
वर्षाः तपाईंले यहाँ काम गर्नुभएको कति भयो? नि चाई ट्र लि कुंग चो तुओ ठ्राङ श् चेन ल?
कमलः नि चाई ट्र लि कुंग चो तुओ ठ्राङ श् चेन ल?
वर्षाः अब हामी आजको तेस्रो वार्तालाप सुनौं।
वार्तालाप तीन
पुरुषः नि चाई ट्र लि कुंग चो तो ठ्राङ श् चेन ल?
महिलाः ल्यांग नेन।
वर्षाः आज हामीले सिकेको यो अन्तिम वार्तालाप हो। पहिले जस्तै चिनियाँ संस्कृतिका बारेमा जानकारी लिनुअघि हामी आजका सम्पूर्ण वार्तालाप पुनः एक पटक सुनौं।
पुरुषः नि मै थेन चि तेन शांग पान?
महिलाः चाउ शांग च्यौ तेन।
पुरुषः नि मै थेन चि तेन स्या पान?
महिलाः वान शांग ऊ तेन।
पुरुषः नि यि छेन चो को शन मो कुंग चो?
महिलाः वो यि छेन श चि ट्र। नि न?
पुरुषः वो यि छेन श् यि शंग।
महिलाः नि चाई ट्र लि कुंग चो तो ठ्राङ श् चेन ल?
पुरुषः ल्यांग नेन।
कमलः यो वार्तालाप मलाई मन पर्यो। अब म श्रोताहरुलाई चिनियाँ संस्कृतिबारे केही जानकारी दिन्छु।
पश्चिमी मुलुकका बासिन्दाहरु आफ्नो आम्दानीलाई आफ्नो व्यक्तिगत कुरा, गोप्य कुरा मान्दछन। तर चिनियाँहरु भने यसबारे कुराकानी गर्नु सामान्य ठान्दछन। पहिले चिनियाँहरुको आम्दानीबीच ठूलो अन्तर नभएको कुराबाट यस्तो अवस्था देखिएको होला। उदाहरणका लागि, चिनियाँहरुमा लामो समयसम्म एक-अर्कासङ्ग नभेटेका साथीहरुबीच पुनः भेट भएपछि पनि यसबारे सोध्ने गर्दछन। हाल चीनका केही युवकहरुमा इन्टर्नेटमार्फत आफ्नो आम्दानी सार्वजनिक गर्ने प्रवृत्ति देखापरेको छ। तिनीहरुले आफ्नो आधारभूत तलब र पुरस्कार, अनुदानलगायतको सम्पूर्ण विवरण इन्टर्नेटमा सार्वजनिक गरेर विभिन्न व्यवसायमा आम्दानीको भिन्नताबारे जानकारी गराउनेगरेका छन।
वर्षाः हवस त। आजको कार्यक्रम सकिनैलागेको छ। पहिले झैं आज पनि हामी तपाईंहरुका लागि एउटा सानो प्रश्न गर्दैछौं। चिनियाँ भाषामा "तपाईं हरेक दिन कति बजेदेखि काम गर्नुहुन्छ" भन्ने वाक्यलाई नेपालीमा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ।
वर्षाः यसबारे अझ बढी जानकारी लिनका लागि हाम्रो वेभ साइट https://nepal.cri.cn हेर्नुहोस्। आजको कार्यक्रम यहीं पूरा हुन्छ। चाई चेन।
कमलः नमस्कार, चाई चेन।