नेपाली

पाठ बत्तीस

criPublished: 2014-01-28 14:09:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले चिनियाँ भाषाको विशेषता बारे छलफल गर्‍यौं। अब हामी छोटकरीमा दोहर्‍याऔं। सर्वप्रथम चिनियाँ भाषामा ध्वनिबमोजिम अक्षरविन्यासका कतिवटा ध्वनि छन?

कमलः चारवटा। जस्तैः मा1(आमा),मा2 (सनपाट), मा3 (घोडा), मा4 (गाली गर्नु)।

वर्षाः अरु उदाहरणः ची1

कमलः ची1 ची2 ची3 ची4।

वर्षाः ठीक छ।

कमलः गत पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं-

आजका मुख्य विषयहरु-

यौ मै यौ छ्यु युन नान त लु शेन?

नि मन यी तिंग पु व्है श् वाँग त।

वो शी वाँग र(हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

वो श्याँग त्वो छ्यु शे ती फाँग।

ना अर माई ची नेन फिन?

कमलः अर्को राष्ट्रिय नियमित विदा छिट्टै आउनलागेको छ। त्यस बेला मलाई यात्रा गर्न मन लागेको छ। मलाई केही सुझाव दिनसक्नुहुन्छ?

वर्षाः साँच्चीकै भन्ने हो भने, युन नान एउटा घुम्नलायक ठाउँ हो। त्यसको सदर मुकाम खुन मिंगलाई "वसन्ते शहर" भनिन्छ। किनभने त्यहाँ बाह्रै मास हरा-भरा देखिन्छ।

कमलः राम्रो। त्यसो भए म त्यहीं जाउँला। मैले ट्राभल एजेन्सीलाई "तपाईंकहाँ युन नान जाने मार्ग छ?" भन्ने वाक्य सोध्नचाहने हो भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाई‍लेयसरी भन्नसक्नुहुन्छ- "यौ मै यौ छ्यु युन नान त लु शेन?"

कमलः यौ मै यौ छ्यु युन नान त लु शेन?

वर्षाः "यौ", "छ वा हुनु"।

कमलः यौ।

वर्षाः "मै यौ", "छैन"।

कमलः मै यौ।

वर्षाः "छ्यु", "जानु"।

वर्षाः "युन नान", चीनको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने एक प्रान्त हो।

कमलः युन नान।

कमलः लु शेन।

वर्षाः तपाईंले बुझ्नुभयो? भरखरै हामीले सुनेको वार्तालापमा "ऊ युए यी हाउ" को अर्थ मे एक हो। यहाँनिर मैले जोड दिनुपर्ने कुरा के हो भने, चिनियाँ भाषामा "जनवरी", "फेब्रुअरी" आदि महिनाको उल्लेख गर्दा प्रयोग गर्ने तरिका यस प्रकार छः जनवरी महिनादेखि डिसेम्बर महिनासम्म उच्चारण गर्दा प्रायजसो एकदेखि बाह्रसम्मको अङ्कको पछाडि "युए" अर्थात "महिना" भन्ने शब्द जोडिएको हुन्छ।

कमलः ए, मैले बुझें। यसको अर्थ यही होः "जनवरी" को अर्थ "यी युए", "फेब्रुअरी"को अर्थ "अर युए", "मार्च" को अर्थ "सान युए" र "अप्रिल" को अर्थ "स् युए" हो। यसै आधारमा पछिका महिनाहरुलाई पनि यस्तै हिसाबबाट भनिन्छ।

वर्षाः ठीक छ। कहिलेकाहीं ट्राभल एजेन्सीका कर्मचारीले तपाईंलाई यसरी सम्झाउँछन- नि मन यी तिंग पु व्है श् वाँग त।

कमलः त्यस वाक्यको अर्थ के हो?

वर्षाः त्यसको अर्थ हो "तपाईंहरु पक्कै पनि निराश हुनुहुनेछैन" भन्ने हो। "नी मन", "तपाईंहरु"।

कमलः नी मन।

वर्षाः "यी तिं‍ग", "निश्चय"।

कमलः यी तिंग।

वर्षाः "पु व्है", "हुँदैन"।

कमलः पु व्है।

वर्षाः "श् वाँग", "निराशा"।

कमलः श् वाँग।

कमलः "नि मन यी तिंग पु व्है श् वाँग त"। , "तपाईंहरु पटक्कै निराश हुनुहुनेछैन"।

कमलः उनीहरुले मलाई त्यहाँको दृश्य एकदमै सुन्दर भएको कुरा बताएका छन। तर मैले भ्रमणको समय-तालिका बनाउँदा अलि खाली समय पनि राख्ने आशा गरेको छु।

वर्षाः तपाईं उनीहरुलाई भनिदिनुहोस्- वो शी वाँग र(हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

कमलः वो शी वाँग र (हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

वर्षाः "शी वाँग", "आशा"।

कमलः शी वाँग।

वर्षाः "र (हरन्द छ) ठ्रंग", "समय-तालिका"।

कमलः र (हरन्द छ) ठ्रंग।

वर्षाः "पु याओ", "नगर्नु"।

कमलः पु याओ।

वर्षाः "थाई", "अति वा धेरै"।

कमलः थाई।

वर्षाः "चिन" को अर्थ "कस्नु वा तन्किनु" हो।

कमलः चिन।

कमलः "वो शी वाँग र (हरन्द छ) ठ्रंग पु याओ थाई चिन"।, "म समय-तालिकालाई अति व्यस्त बनाउन चाहदिनँ"।

कमलः वर्षाजी, मलाई चीनका बढीभन्दा बढी रमणीय सुन्दर दृश्ययुक्त प्राचीन स्थलहरुको भ्रमण गर्न मन लाग्छ। तर मलाई चिनियाँ भाषामा ट्राभल एजेन्सीलाई भन्न आउँदैन।

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- वो श्याँग त्वो छ्यु शे ती फाँग।

वर्षाः "वो", "म"।

कमलः वो।

वर्षाः "श्याँग", "चाहनु, मन लाग्नु वा विचार गर्नु"।

कमलः श्याँग।

वर्षाः "त्वो", "बढी"।

कमलः त्वो।

वर्षाः "छ्यु", यस वाक्यको अर्थ चाहिं "निरीक्षण गर्नु" हो।

कमलः छ्यु।

वर्षाः "शे", "केही"।

कमलः शे।

वर्षाः "ती फाँग", "ठाउँ वा स्थलो"।

कमलः ती फाँग।

वर्षाः " श्याँग त्वो छ्यु शे ती फाँग", " मलाई अरु बढी ठाउँ हेर्ने रहर छ"।

कमलः वर्षाजी, मैले भ्रमण गर्ने ठाउँमा सम्झनाका लागि केही सामान किन्ने विचार गरेको छु। सामान्यतया कहाँ किन्न पाइन्छ? तर सबभन्दा पहिले चिनियाँ भाषामा "स्मृति-उपहार" कसरी भन्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्‍यो।

वर्षाः त्यसलाई चिनियाँ भाषामा "ची नेन फिन" भनिन्छ।

वर्षाः त्यसैले तपाईं यसरी सोधे हुन्छ- ना अर माई ची नेन फिन?

कमलः "ना अर माई ची नेन फिन?" , मलाई थाहा छ " ना अर" को अर्थ " कहाँ" हो।

वर्षाः ठीक। तपाईंलाई " माई" को अर्थ "बेच्नु" हो भन्ने कुरा पनि थाहा छ।

कमलः हो, "माई" को अर्थ "बेच्नु" हो, चौथो ध्वनि। "माई" तेश्रो ध्वनिमा "किन्नु" को अर्थ हो।

वर्षाः "ची नेन फिन", "स्मृति-उपहार"।

कमलः ची नेन फिन।

वर्षाः ना अर माई ची नेन फिन?

वर्षाः अब हामी आजका महत्वपूर्ण वाक्यहरु दोहर्‍याएर सिकौ, कसो?

कमलः हस्।

वर्षाः यौ मै यौ छ्यु युन नान त लु शेन?

कमलः "यौ मै यौ छ्यु युन नान त लु शेन?", "तपाईंकहाँ युन नान जाने मार्ग छ?"

वर्षाः "लु शेन", "मार्ग"।

कमलः लु शेन। त्यसो भए चिनियाँ भाषामा "तपाईंहरु पटक्कै निराश हुनुहुनेछैन"को अर्थ के हो?

वर्षाः नि मन यी तिंग पु व्है श् वाँग त।

कमलः नि मन यी तिंग पु व्है श् वाँग त।

वर्षाः "पु व्है श् वाँग", "निराशा नहुने"।

कमलः पु व्है श् वाँग।

वर्षाः वो शी वाँग र(हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

कमलः "वो शी वाँग र(हरन्द छ) ठ्रंग पु याओ थाई चिन"।, "म समय-तालिकालाई अति व्यस्त बनाउन चाहँदिन"।

वर्षाः "र(हरन्द छ) ठ्रंग", "समय-तालिका"।

कमलः र(हरन्द छ) ठ्रंग।

वर्षाः " श्याँग त्वो छ्यु शे ती फाँग", " मलाई अरु बढी ठाउँ हेर्न रहर छ"।

कमलः वो श्याँग त्वो छ्यु शे ती फाँग।

वर्षाः अन्तिम वाक्यः ना अर माई ची नेन फिन?

कमलः "ना अर माई ची नेन फिन?" , "स्मृति-उपहार" बेच्ने ठाउँ कहाँ छ?"

वर्षाः अब आजका पूरा वार्तालाप सुनौं-

पूरा वार्तालापः

वार्तालाप एक

पुरुषः नी हाउ। यौ मै यौ छ्यु युन नान त लु शेन?

महिलाः यौ, ऊ युए यी हाउ ठ्रु फा, छी हाउ फान व्है पै चिंग।

वार्तालाप दुई

पुरुषः ना क ती फाँग फंग चिंग हाउ मा?

महिलाः फाँग शिंग पा, नि मन यी तिंग पु व्है श् वाँग त।

वार्तालाप तीन

पुरुषः वो शी वाँग र (हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

महिलाः ताँग रान्, ल्यू यौ श् वै ल फाँग सोंग ह श्यौ शी।

वार्तालाप चार

महिलाः वो श्याँग त्वो छ्यु शे ती फाँग।

पुरुषः मै वन थी। वो पाँग नी आन फाई।

वार्तालाप पाँच

महिलाः ना अर माई ची नेन फिन?

पुरुषः यी ट् वाँग छेन चौ च्यौ नंङ खान ताउ ल।

कमलः भरखरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

लच्छिनको चरा

चीनमा एक किसिमको लच्छिनको चरा छ, जसलाई शी छ्युए अर्थात सगुन चरा भनिन्छ। जब वसन्त ऋतु शुरु हुन्छ, त्यो रुखका हाँगामा बसेर कराउन थाल्छ। त्यसको स्वर मीठो मात्र हुँदैन, अझ त्यसले "पाहुनाहरु आउनलागेको खबर दिनुका साथै खुशीलाग्दो सन्देश आउला भन्ने जानकारी गराउने विश्वास चिनियाँहरुमा छ। त्यसैले सगुन चराको आवाज सुन्नासाथ मानिसहरु प्रफुल्ल भएर भन्छन- "ओहो, सगुन चराले खुशीको खबर ल्यायो"।

सर्वसाधारण चिनियाँहरुको जिभ्रोमा झुण्डिएको एउटा भनाइअनुसार, एउटा हृदयस्पर्शी किंबदन्ती पनि सगुन चरासित सम्बन्धित छ। चिनियाँ पात्रोअनुसार, हरेक वर्षको सातौ महिनाको सात गते न्यू लाँग नामको केटाले स्वर्गमा रहेकी ट् न्यू नाम गरेकी आफ्नी पत्नीसित भेट गर्ने दिन हो। केटो न्यू लाँगलाई आकाश गंगा पार गरेर आफ्नी प्रिय पत्नीसित भेट गर्न सघाउनका लागि दशौं हजार सगुन चराहरुले गंगा नदीलाई काट्ने पुल बनाए, जसलाई चिनियाँहरु "छ्युए छ्याओ अर्थात सगुन चरा पुल" भन्छन। अहिले "प्रेमी-प्रेमिका बीच सम्बन्ध गाँस्नलगाउने संस्था" वा युवा-युवतीलाई भेटाउने जस्ता टी भी कार्यक्रम वा गतिविधिलाई प्रायजसो "छ्युए छ्याओ" भन्ने नाउँ दिइएको हुन्छ।

वर्षाः हवस, आजको कक्षा यति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "स्मृति-उपहार बेच्ने ठाउँ कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

Share this story on

Messenger Pinterest LinkedIn