नेपाली

पाठ अठाइस

criPublished: 2014-01-28 14:07:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रेल चढ्ने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अब हामी अघिल्लो पाठमा सिकेका विषयहरु दोहर्‍याएर सिकौं।

वर्षाः "छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन"। "कृपया, मलाई केन्द्रीय अस्पताल पुर्‍याउनुहोस्"।

कमलः छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन।

वर्षाः "ट्रोंग शिन यी युआन", "केन्द्रीय अस्पताल"।

कमलः ट्रोंग शिन यी युआन।

वर्षाः ट् ताउ चन् मो चौ मा?

कमलः "ट् ताउ चन् मो चौ मा?", "त्यहाँ कसरी जाने तपाईंलाई थाहा छ?"

वर्षाः "चन् मो चौ", "कसरी जाने"।

कमलः चन् मो चौ।

वर्षाः छिंग निंग खाई मान तिअर।

कमलः "छिंग निंग खाई मान तिअर"। " कृपया विस्तारै हाँक्नुहोस्"।

वर्षाः "मान तिअर", "विस्तारै"।

कमलः मान तिअर।

वर्षाः च्यौ थिंग चाई मन खौ पा।

कमलः "च्यौ थिंग चाई मन खौ पा"। , "कृपया, ठ्याक्कै ढोकाअगाडि रोक्नुहोस्।"

वर्षाः अब गत पाठका पूरा वार्तालाप सुनौं।-

कः छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन। ट् ताउ चन् मो चौ मा?

खः ताँग रान् ल, वो श् लाउ श् ची ल।

कः श् फु, छिंग निंग खाई मान तिअर।

खः थाइ ख्वाई ल श् पा, हाउ त।

कः च्यौ थिंग चाई मन खौ पा।

खः हाउ।

कः वो ट् यौ यी पाई त।

खः ट्राउ निंग अर श्।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं-

आजका मुख्य विषयहरु-

यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

ताउ ल कै वो मन ता तेन व्हा।

यी लु फिंग आन।

छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

कमलः मैले सुनेको छु, शाँग हाई चीनको सबैभन्दा ठूलो शहर हो भन्ने कुरा। साथै चीनको सबैभन्दा ठूलो आर्थिक केन्द्र र ब्यापारिक बन्दरगाह पनि हो। त्यहाँ एक चोटी जाउँ कि भनेर म सोच्दैछु। मौका मिल्यो भने मैले रेलबाट जाने विचार गरेको छु। टिकट बुकिंग गर्दा के भन्नुपर्छ?

वर्षाः तपाईं एघार तारिखका दिन शाँग हाई जाने टिकट बुकिंग गर्न चाहनुहुन्छ भने यसरी भन्न सक्नुहुन्छ- यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

कमलः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

वर्षाः "यौ", "छ वा हुनु"।

कमलः यौ।

वर्षाः "श् यी हाउ", "एघार तारिख"।

कमलः श् यी हाउ।

वर्षाः "छ्यु", "जानु"।

कमलः छ्यु।

वर्षाः शाँग हाई।

कमलः शाँग हाई।

वर्षाः "त" संज्ञापछाडि जोडिन्छ।

कमलः त।

वर्षाः "मा" प्रश्नवाचक वाक्यको अन्त्यमा प्रयोग गरिन्छ।

कमलः मा।

वर्षाः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

कमलः "यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?", "तपाईंकहाँ एघार तारिख शाँग हाई जाने रेल टिकट छ?"

वर्षाः "व्हो ठ्र फ्याओ", "रेल- टिकट"।

कमलः व्हो ठ्र फ्याओ।

वर्षाः यदि तपाईं व्हाँग चौ जाने टिकट किन्नचाहनुहुन्छ भने वाक्यमध्येको शाँग हाईको सट्टा क्वाँग चौ राखेर भइहाल्छ।

कमलः अँ, अब म कुनै पनि शहर जानका लागि टिकट बुकिंग गर्नसक्ने भएँ। तपाईंलाई सहयोगका लागि धन्यवाद। "यौ श् यी हाउ छ्यु शाँग हाई त फै ची फ्याओ मा?"

वर्षाः एकदमै ठीक छ। यदि तपाईं शाँग हाई जाने विमान टिकट किन्न चाहनुहुन्छ भने यसरी भन्न सक्नुहुन्छ- "यौ श् यी हाउ छ्यु शाँग हाई त फै ची फ्याओ मा?"

कमलः यौ श् यी हाउ छ्यु शाँग हाई त फै ची फ्याओ मा?

वर्षाः कमलजी, मलाई थाहा छ, तपाईंका धेरै साथीहरु पैचिंगमा तपाईंसँग भेट गर्न आउनुभएको थियो। उहाँहरु स्वदेश फर्कंदाखेरि तपाई उहाँहरुलाई विदाई गर्न जानुहुन्छ होला?

कमलः हो नि।

वर्षाः त्यस बेला तपाईं‍ले उहाँहरुलाई यसरी भन्नुपर्छ- ताउ ल कै वो मन ता तेन व्हा।

कमलः "ताउ ल कै वो मन ता तेन व्हा"। भन्ने यस वाक्यको अर्थ के हो?

वर्षाः मैले भनेको सुनेपछि तपाई बुझिहाल्नुहुनेछ। "ताउ ल" भन्ने शब्द यसभन्दा अघि हामीले सिकाइसकेका छौं। त्यसको अर्थ "पुगेपछि" भन्ने हो।

वर्षाः "कै", "दिनु वा लाई"।

कमलः कै।

वर्षाः "वो मन", " हामी"।

कमलः वो मन।

वर्षाः "ताउ ल कै वो मन ता तेन व्हा"।, "घर पुगेपछि हामीलाई फोन गर्नुहोस्"।

कमलः ताउ ल कै वो मन ता तेन व्हा।

वर्षाः "ताउ ल", "पुगेपछि"।

कमलः ताउ ल।

वर्षाः "कै वो मन", "हामीलाई"

कमलः कै वो मन।

वर्षाः "ता तेन व्हा", "फोन गर्नु"।

कमलः ता तेन व्हा।

वर्षाः ताउ ल कै वो मन ता तेन व्हा।

कमलः "ताउ ल कै वो मन ता तेन व्हा"।, "घर पुगेपछि हामीलाई फोन गर्नुहोस्"।

कमलः अँ साँच्ची, "शुभ यात्रा" भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः "यी लु", "पूरा यात्रा"।

कमलः यी लु।

वर्षाः "फिंग आन", "कुशलता"

कमलः फिंग आन।

वर्षाः यी लु फिंग आन।

कमलः यी लु फिंग आन।

कमलः अँ साँच्ची, रेलमा खानाको समस्याको समाधान कसरी गर्ने त? रेलमा यात्रुहरुका लागि खाना तयार गरिएको हुन्छ?

वर्षाः विमानमा भन्दा रेलमा फरक छ। रेलमा यात्रुहरुलाई निःशुल्क खानेकुरा उपलव्ध गराइदैन। तर तपाईंले खाना उपलव्ध गराउने डिब्बामा गएर खाना खान सक्नुहुन्छ। तपाईं यसरी भन्नसक्नुहुन्छ- छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

कमलः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

वर्षाः "छिंग वन", "कृपया, भन्नुहोस।"

कमलः छिंग वन।

वर्षाः "छान ठ्र", "खाना उपलव्ध गराइने डिब्बा"

कमलः छान ठ्र।

वर्षाः "चाई", "मा"।

कमलः चाई।

वर्षाः "ची हाउ", "कुन नम्बर"।

कमलः ची हाउ।

वर्षाः "ठ्र श्याँग", "डिब्बा"।

कमलः ठ्र श्याँग।

वर्षाः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

कमलः "छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?", "मलाई बताइदिनुहुन्छ कि, खाना उपलव्ध गराइने डिब्बा कुन हो?"

वर्षाः अब आजको सबै वार्तालाप सुनौं-

वार्तालाप एक

महिलाः यौ श् यी हाउ छ्यु शाँग हाई त व्हो ठ्र फ्याओ मा?

पुरुषः श् यी हाउ त फ्याओ माई वुआन ल।

महिलाः ना श् अर हाउ त नी?

पुरुषः श् अर हाउ त हाई यौ।

वार्तालाप दुइ

पुरुष-महिलाः ताउ ल कै वो मन ता तेन व्हा।

महिलाः वो व्है त।

वार्तालाप तीन

महिलाः व्हो ठ्र च्यौ याउ खाई ल, नी मन ख्वाई श्या छ्यु पा।

पुरुष-महिलाः यी लु फिंग आन।

वार्तालाप चार

महिलाः छिंग वन छान ठ्र चाई ची हाउ ठ्र श्याँग?

पुरुषः पा हाउ ठ्र श्याँग।

कमलः भर्खरै हामीले सबै वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

चीनमा चाडबाडमा होस्, विदाको दिन होस् वा सामान्य दिनमा नाता-कुटुम्बहरु र साथीहरु सँगै भेला हुँदा सधैं नै होटेल वा रेष्टुराँमा खाना खान जाने चलन छ। सबै मानिसहरु विभिन्न किसिमका मीठा र स्वादिला परिकार राखिएको गोलाकार टेबुल वरिपरि बसेर आफूलाई मन पर्ने तरकारी खानेगर्छन। सम्मान भाव व्यक्त गर्नका लागि पाहुनालाई आतिथ्ययले प्रायजसो तरकारी निकालेर अतिथिको भाँडामा राखिदिने चलन छ। पहिले मानिसहरुले प्रायजसो आफूले प्रयोग गरिरहेको चप्स्टिकद्बारा पाहुनालाई तरकारी झिकेर दिनेगर्थे। तर अहिले मानिसले सार्वजनिक चप्स्टिकको प्रयोग गर्नथालेका छन। तर जे भए पनि अरुलाई तरकारी झिकेर दिने तरिका पश्चिमी संसारभन्दा धेरै फरक छ। पश्चिमी खानाको हकमा प्रायजसो अलग-अलग खाने चलन छ। साथै सबभन्दा पहिले सुप खुवाउने अनि त्यसपछि तरकारी मात्र ल्याउने चलन छ। तर अधिकांश चिनियाँ खाना खाँदा सबभन्दा पहिले तरकारी ल्याउने अनि त्यसपछि भात र रोटी जस्ता खानेकुरा ल्याउने र आखिरमा सुप र फलफुल ल्याउने चलन छ।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "शुभ यात्रा।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

वर्षाः नमस्कार

कमलः चाइ चेन।

Share this story on

Messenger Pinterest LinkedIn