नेपाली

पाठ सत्र

criPublished: 2014-01-28 10:46:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कर्यक्रमबाट म वर्षाको स्वागत।

कमलः नमस्कार। म आजको कार्यक्रम सञ्चालक कमल लम्साल।

वर्षाः गएको पाठमा तपाईले केही चिनियाँ साथीहरुलाई आफ्नो घरमा निमन्त्रणा गरेर उनिहरुको सत्कार गर्नुभएको थियो। यस्ता अवसरमा उपयोग गरिने केही मुख्य वाक्य तपाईले सिक्नुभएको थियो। अब म तपाईंको सानो परिक्षा लिन्छु। हुन्छ?

कमलः हुन्छ। केही समस्या छैन। हामी शुरु गरौं।

वर्षाः तपाईंको परिवारका सदस्यसङ्ग परिचय गर्नपाएकोमा मलाई ज्यादै खुशी लागेको छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः ठीक छ। "हन काउ शिंग" भनेको ज्यादै खुशी हुनु हो।

कमलः हन काउ शिंग।

वर्षाः रन श। चिन्नु।

कमलः रन श।

वर्षाः नि त च्या रन।

कमलः नि त च्या रन।

वर्षाः वो हन काउ शिंग रन श नि त च्या रन।

कमलः वो हन काउ शिंग रन श नि त च्या रन।

वर्षाः "मैले सबैभन्दा कुशलतापूर्वक पकाउने तरकारी यो हो" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः ट्र श वो त ना शौ छाई, "ना शौ छाई" भनेको "कुशलतापूर्वक पकाउने तरकारी" हो।

वर्षाः ठीक भन्नुभयो। "तपाई अलि बढी खानोस्" भन्ने वाक्यलाई चिनियाँ भाषामा "नि तो ठ् तेन" भनिन्छ।

कमलः नि तो ठ् तेन।

वर्षाः तो ठ्, बढी खानोस्।

कमलः तो ठ्।

वर्षाः श्या छ छिंग ताउ वो च्या चो ख।

कमलः श्या छ छिंग ताउ च्या चो ख।

वर्षाः श्या छ। अर्को चोटी।

कमलः श्या छ।

वर्षाः चो ख। पाहुना हुनु।

कमलः चो ख।

वर्षाः अब गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

कः व्हान यिंग नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन।

वार्तालाप दुई

कः ट्र श वो त ना शौ छाई। नि ठ्रांग ठ्रांग।

खः पु छो। थिंग हाउ ठ् त।

कः नि तो ठ् तेन।

खः वो ठ् पाउ ल।

कः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

खः यौ श चेन यि तिंग छयु।

कमलः गएको पाठका विषयबारेको पुनरावलोकन यत्ति नै। अब आजको पाठतिर लागौं। आजका मुख्य वाक्यहरु यस प्रकार छनः

निन शेन छिंग

पे ट्र मो ख छि।

वै ता च्या त ह चो ठ्रंग कुंग कान पै।

कान शे नि मन त र छिंग ख्वान ताई।

वर्षाः आजको कार्यक्रममा हामी एउटा समारोहमा सहभागी हुनेछौं।

कमलः राम्रो कुरा। त्यहाँ थुप्रै मीठा खानेकुरा हुनसक्छन।

वर्षाः ठीक छ। कमलजी, अरुको सम्मानका लागि 'तपाईं पहिले लिनोस' वा 'तपाईं अघि हिंड्नोस' भन्ने चलन छ। चिनियाँ भाषामा यसलाई निन सेन छिंग भनिन्छ।

वर्षाः ठूलो मान्छे वा वृद्ध मान्छेलाई सम्मान गर्दा निन भनिन्छ।

कमलः निन।

वर्षाः शेन। पहिले।

वर्षाः छिंग, कृपया।

कमलः छिंग।

वर्षाः निन शेन छिंग। तपाईं पहिले गर्नुहोस।

वर्षाः शेन, पहिले।

कमलः शेन।

वर्षाः निन शेन छिंग, तपाईं पहिले गर्नुहोस्।

कमलः निन शेन छिंग।

कमलः 'निन शेन छिंग'को प्रत्युत्तरमा के भन्ने?

वर्षाः तपाईं 'पे ट्र मो ख छि' भन्न सक्नुहुन्छ।

वर्षाः पे, नगर्नु।

कमलः पे।

वर्षाः "ट्र मो" भनेको "यति वा यस्तो"।

कमलः ट्र मो ।

वर्षाः ख छि, सम्मान गर्नु वा दुःख गर्नु।

वर्षाः पे ट्र मो ख छि।

कमलः पे ट्र मो ख छि। यति सम्मान नगर्नोस। वास्तवमा यसको अर्थ ठीकै छ भन्ने जस्तो छ। अब आजको दोस्रो वार्तालाप सुन्नुहोस।

कः निन श ख रन। छिंग चो ट्रअर।

कमलः अब पुनः एक पटक सिकौं। पे, नगर्नु।

वर्षाः ठीक छ। ट्र मो, यति वा यस्तो।

कमलः ट्र मो।

वर्षाः ख छि। सम्मान गर्नु वा दुःख गर्नु।

कमलः ख छि।

वर्षाः पे ट्र मो ख छि, यति सम्मान नगर्नोस अर्थात ठीकै छ।

कमलः पे ट्र मो ख छि।

कमलः समारोहमा टोष्ट गर्दा विभिन्न वाक्यको प्रयोग गरिन्छ। उदाहरणका लागि, हाम्रो सफल सहयोगका लागि भनेर टोष्ट गरौं। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः वै वो मन त ह चो ठ्रंग कुंग कान पै।

वर्षाः वै, ----का लागि।

वर्षाः वो मन त, हाम्रो

कमलः वो मन त।

वर्षाः ह चो, सहयोग।

कमलः ह चो।

वर्षाः ठ्रंग कुंग।

कमलः ठ्रंग कुंग, सफल

वर्षाः कान पै, टोष्ट गर्दा भनिने वाक्यांश।

वर्षाः वै वो मन त ह चो ठ्रंग कुंग कान पै।

कमलः वै वो मन त ह चो ठ्रंग कुंग कान पै। हाम्रो सफल सहयोगका लागि टोष्ट गरौं।

कमलः मान्छेका लागि स्वास्थ्यभन्दा महत्वपूर्ण कुरा कुनै पनि छैन। "स्वास्थ्यका लागि टोष्ट गरौं" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः तपाई 'वै ता च्या त शन थी चेन खांग कान पै' भन्न सक्नुहुन्छ।

कमलः वै ता च्या त शन थी चेन खांग कान पै।

वर्षाः वै, ---- का लागि

कमलः वै।

वर्षाः ता च्या त, सबैको।

कमलः ता च्या त।

वर्षाः शन थी, शरीर।

कमलः शन थी।

वर्षाः चेन खांग, स्वास्थ्य।

कमलः चेन खांग, स्वास्थ्य।

वर्षाः कान पै, चियर्स।

कमलः कान पै।

वर्षाः वै ता च्या त शन थी चेन खांग कान पै।

कमलः वै ता च्या त शन थी चेन खांग कान पै, सबैको स्वास्थ्यका लागि टोष्ट।

वर्षाः अब आजको तेस्रो वार्तालाप सुनौं।

कमलः त्यस्ता समारोहबाट फर्कनुअघि हामीले धन्यवाद ज्ञापन गर्नुपर्छ। यस्तो वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः 'कान शे नि मन त शंग छिंग ख्वान ताई' भन्नुपर्छ।

कमलः कान शे नि मन त शंग छिंग ख्वान ताई।

वर्षाः कान शे, धन्यावद।

कमलः कान शे।

वर्षाः ख्वान ताई, सत्कार ।

खः व्हान यंग नि मन यि व्हौ छांग लाई।

वर्षाः कान शे, धन्यवाद।

कमलः कान से।

वर्षाः नि मन त, तपाईंहरुको।

कमलः नि मन त।

वर्षाः र छिंग, उत्साह।

कमलः र छिंग।

वर्षाः ख्वान ताई, सत्कार।

कमलः ख्वान ताई।

वर्षाः कान शे नि मन त र छिंग ख्वान ताई।

कमलः कान शे नि मन त र छिंग ख्वान ताई, तपाईंहरुको उत्साहजनक सत्कारका लागि धन्यवाद।

वर्षाः अब आजका सम्पूर्ण वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

कः निन शेन छिंग।

खः शे शे।

वार्तालाप दुइ

कः निन श ख रन। छिंग चो ट्रर।

खः हाउ। पे ट्र मो ख छि।

वार्तालाप तीन

कः वै वो मन त ह चो ठ्रंग कुंग कान पै।

खः वै ता च्या शन थी चेन खांग कान पै।

वार्तालाप चार

कः श चेन पु चाउ ल। व मन काई चौ ल। कान शे नि मन त र छिंग ख्वान ताई।

खः व्हान यिंग नि मन यि हौ ठ्रांग लाई।

वर्षाः अब हामी चिनियाँ संस्कृतिका एक झलकः

कमलः अरुको राय अथवा सुझावलाई स्वीकार गर्ने र सभ्य हुने चीन राष्ट्रको परम्परागत चलन छ। अरुको प्रशंसा सुनेपछि चिनियाँहरु सधैं नै तपाईंले बढी प्रशंसा गर्नुभयो वा मैले त्यति राम्रो काम गरेको होइन आदि वाक्यमा जवाफ दिनेगर्दछन। चिनियाँहरु सम्मान तथा मित्रता र आत्म नियन्त्रण आदि भावनाको प्रचार-प्रसार गर्दछन। मान्छेले यसो गरेबाट अरु मानिसको स्वागत र सम्मान पाउनसक्छ। हाल यस्तो चलन चीनमा अझ प्रचलित भैरहेको देखिन्छ। यसबाट तिनीहरुले आफ्नो गल्तीबारे जानकारी लिएर निरन्तररुपमा प्रगति हासिल गर्नपाएका छन।

वर्षाः श्रोतामित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अब तपाईलाई एउटा सानो प्रश्नः "तपाईं पहिले गर्नोस" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

Share this story on

Messenger Pinterest LinkedIn