बिहान र रात खेतमा, सुगन्धित धानको बाला
सुनौलो शरदमा, चीनको उत्तरपूर्वमा अवस्थित सान च्यीआङ खेतमा प्रशस्त कालो माटो देखिन्छ। साथै सुनौला धानका बालाहरू सुनौलो समुद्रजस्तै हावामा लहरिरहेका छन्। बिहानदेखि रातसम्म मेसिनको आवाज र मेहनती हातको साथमा धानको सुगन्ध जताततै भरिएको छ। परम्परागत कार्यतरिकाबाट आधुनिक मेसिनसम्म आउँदा खेतको कामको प्रक्रियामा परिवर्तन आइसकेको छ, दक्षतामा सुधार भएको छ र प्रचुर बाली भित्र्याइएको छ।