नेपाली

ताराको गृहनगर मानिने अचम्मको नीङ स्या

CRIPublished: 2024-06-21 14:18:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको मध्य भागमा अवस्थित नीङ स्या हुई जाति स्वायत्त प्रदेश ५ वटा चिनियाँ अल्पसंख्यक जाति स्वायत्त प्रदेशहरूमध्ये एक हो। ६६ हजार ४ सय वर्ग किलोमिटर फैलिएको यो प्रदेशमा पहाड, ताल, गोबी मरुभूमि, घाँसेमैदान र सिमसार गरी धेरै प्रकारका प्राकृतिक दृश्यहरू देख्नपाइन्छ। प्राचीन सिल्क रोडमा मात्र नीङ स्या महत्वपूर्ण बाटो होइन, आज पनि बेल्ट एण्ड रोडको आर्थिक पेटीमा एउटा महत्वपूर्ण ठाउँ ओगटेको छ।

नीङ स्याको पारिस्थितिक वातावरण राम्रो छ, हावा शुद्ध र स्वच्छ छ, दृश्यहरू सुन्दर छन्। हालैका वर्षहरूमा, “ताराको गृहनगर” को रूपमा परिचित नीङ स्यालाई ब्रान्डको रूपमा स्थापति गर्न स्थानीय सरकारले तारा निरीक्षणको उच्च गुणस्तरीय पर्यटन क्षेत्र बनाउँदै छ।

Share this story on

Messenger Pinterest LinkedIn