नेपाली

चीन अन्तरिक्ष योजना २०२३ सार्वजनिक

CRIPublished: 2023-01-06 14:31:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२३ मा चीन अन्तरिक्ष विज्ञान तथा प्रविधि निगमले ५० भन्दाबढी पटक अन्तरिक्ष प्रक्षेपण गर्ने लक्ष्यहरू राखेका छन् जसबाट चन्द्र अन्वेषण परियोजनाको चौथो चरण र ग्रह अन्वेषण परियोजनालाई व्यापक रूपमा अघि सारिने छ। साथै छाङअ ७ नम्बर, थ्यानवन २ नम्बर लगायतका मोडेलहरूको अनुसन्धान तथा विकास एवम् छाङचङ ६ नम्बर रकेटको पहिलो उडानलाई पूरा गर्ने योजना पनि बनाइएको छ।

यसबाहेक,चालू वर्षमा मानवसहित अन्तरिक्ष स्टेशन परियोजना अनुप्रयोग र विकास चरणमा प्रवेश भएको छ र अन्तरिक्ष स्टेशन सामान्य सञ्चालन अवस्थामा प्रवेश भएको छ। उक्त जानकारी चीन अन्तरिक्ष विज्ञान तथा प्रविधि निगमबाट जनाइएको हो।

यसअघि चीन अन्तरिक्ष विज्ञान तथा प्रविधि निगमका अध्यक्ष उ यान्सङले यसरी बताउनुभयोः चन्द्र अन्वेषण परियोजनाको चौथो चरणमा छाङअ ६ नम्बर लगभग सन् २०२५ मा चन्द्रमाको पछाडिको भागमा नमूना लिएर फर्कने योजना छ र छाङअ ७ नम्बरले लगभग सन् २०२६ मा चन्द्रमाको दक्षिणी ध्रुवको वातावरणीय स्रोतको अन्वेषण गर्ने योजना छ। छाङअ ८ नम्बरलाई सन् २०२८ मा प्रक्षेपण गरिएपछि ७ नम्बरसँगै दक्षिणी ध्रुवको वैज्ञानिक अनुसन्धान केन्द्र बनाउने योजना छ।

Share this story on

Messenger Pinterest LinkedIn