नेपाली

युन नान प्रान्तको ता ली शहरमा होस्टेल खोल्ने अमेरिकी

criPublished: 2022-10-03 15:48:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एक जना अमेरिकी ब्लैन लिनदेनले २०औं शताव्दीको असीऔं दशकमा चीनमा अध्ययन गर्नुभएको थियो। अहिले उहाँ युन नान प्रान्तको ता ली शहरमा एउटा होस्टेलको संचालन गर्नुहुन्छ। लामो समयदेखि ग्रामीण क्षेत्रमा बसोबास गरेपछि लिनदेनले चीनको ग्रामीण क्षेत्रको विशाल परिवर्तनको अनुभव गर्नुका साथै चीनको विकासको बाटो बुझ्नुभयो।

युन नान प्रान्तको ता ली शहरको “सि लिन युआन” होस्टेलका साहुजी लिनदेन हुनुहुन्छ।“सि लिन युआन” पहिले पाई जातिको एउटा पुरानो आँगन थियो। यहाँ लिनदेनका आँखामा विश्वको सबैभन्दा सुन्दर ग्रामीण रहेको छ।

मैले १०० भन्दा बढी मुलुकहरु घुमेको छु। तीमध्ये ग्रामीण क्षेत्र र शहरहरु समावेश छन्। तर म र हाम्रो परिवारलाई सबैभन्दा बढी मन पर्ने ठाउँ चीनको ग्रामीण क्षेत्र हो।

सन् २००४ मा लिनदेनले अमेरिकामा आफ्नो काम छोडेर घर बेचेर श्रीमती र दुई जना छोराछोरी लिएर चीनको युन नान प्रान्तको ता ली शहरको सी चौमा बस्न थाल्नुभयो। चार वर्षपछि पाई जातिको एउटा पुरानो घरबाट मर्मत भएको होस्टेलको संचालन भयो। होस्टेलका साहुजी लिनदेनको चीनको “ग्रामीण क्षेत्रको सपना” पनि यही समयदेखि शुरु भयो।

लिनदेनका आँखामा चीनको ग्रामीण क्षेत्रमा संस्कृति, सुन्दर दृश्य र माया रहेका छन्। हरेक विहान उहाँ बजार गएर स्थानीय गाउँलेहरुसँग गफ गर्नुहुन्छ। उहाँ यी सक्रिय, मिहिनेत र मैत्रीपूर्ण गाउँलेहरुलाई मन पराउनुहुन्छ। उनीहरुसँग व्यवहार गर्दा उहाँ ग्रामीण क्षेत्रको विकासले उनीहरुलाई ल्याएको सुखको अनुभव गर्नुहुन्छ।

चीनको ग्रामीण क्षेत्रका गाउँलेहरुले सक्रियताका साथ मेहनत गर्छन्। तिनीहरुमध्ये मजदूर र सिकर्मीहरु समावेश छन्। उनीहरुका छोरा छोरीहरु आधारभूत रुपमा विश्वविद्यालय पढ्न पाउँछन्। गाउँलेहरुको माग र सपना शहरबासीहरुको जस्तै लाग्छ मलाई।

सी चौमा एक दशक भन्दा बढी समयसम्म बसेपछि लिनदेनले चीनको ग्रामीण क्षेत्रको विशाल परिवर्तनको साक्षी बन्नुभएको छ। सन् २०२० को जुलाईमा ता ली पाई जातीय स्वायत्त प्रिफेक्चरका ११ गरीब जिल्लाहरु गरिबीमुक्त भए, जुन लिनदेनको नजरमा एउटा आश्चर्यजनक परियोजना हो। गरिबीमुक्त गाउँहरुको पूर्वाधार अरु पूर्ण भएको र ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर अरु माथि पुगेको मात्र नभई अरु महत्वपूर्ण कुरा विकासप्रति गाउँलेहरुको विश्वास बढेको हो उहाँको विचार छ,

म वर्तमान चीन सरकारको प्रशंसा गर्छु। चीन सरकारका कर्मचारीहरुले फोहोर पानीको राम्रोसँग व्यवस्थापन गरेका छन्। तिनीहरुले अर हाईको राम्रोसँग संरक्षण गरेका छन्। तिनीहरुले खुनमिङदेखि ता लीसम्मको द्रुत गतिको रेलको निर्माण गरेका छन्। तिनीहरुले अस्पताल र विद्यालयको निर्माण गरेका छन्। चीनको गरिबी निवारण नीतिबाट अरु देश सिक्न लायक रहेको मलाई लाग्छ।

चीनको ग्रामीण क्षेत्रमा लामो समयसम्म बसेको कारण चीनप्रति लिनदेनको विशेष धारणा छ। यसबारे चर्चा गर्दै उहाँ भन्नुहुन्छ,

हरेक अमेरिकी आफ्ना लागि बाँच्छन्। यद्यपि हरेक चिनियाँ उनी एक जना मात्रै होइन। हरेक चिनियाँ आफ्नो परिवारको जिम्मा लिन्छन्, यो जिम्मा उनको आफ्नो मागभन्दा महत्वपूर्ण छ। चिनियाँहरुका छोरा छोरीहरु चीन र चीनको ग्रामीण क्षेत्रको भावी विकासका लागि आफ्नो जन्मस्थल फर्केर विद्यालयबाट सिकेको ज्ञान ल्याएर नयाँ ग्रामीण क्षेत्रको सिर्जना गर्छन्।

Share this story on

Messenger Pinterest LinkedIn